शंकर भण्डारी
खसेपछि अचानकमेरो एकजोर आँखा
एकबिहान फुत्त झ्यालबाट बाहिर
मैले पहिलो चोटि
देखेको हुँ
यति विशाल आकाश
देखेको हुँ
आकाशको माथि माथि
निर्बाध उडिरहेका चराहरू
त्यसपछि मलाई मन पर्न छाडेको हो
झ्यालको फ्रेमभित्र कैद दृश्यहरू ।
त्यसपछि थाहा पाएको हुँ
एउटा झ्यालको सिमितता
त्यसपछि बुझेको हुँ
किन अभ्यस्त बनाईन्छन मान्छेहरू
एउटा झ्यालबाट हेरिरहन
किन सक्दैन मान्छेहरू
दैलो उघारेर झट्ट बाहिर निस्कन
त्यसपछि मैले
कहिल्यै हेरिनँ संसार
एउटा झ्यालको कुनामा बसेर ।
Comments
Post a Comment