बहसका लागिः कस्काे समय चेतना ?


गिरि श्रीस मगर


दलाल पूँजीपति वर्गको कोखबाट कस्तो समाजवाद’ जन्मिन्छ समाजवादप्रतिको यो कस्तो प्रतिवद्घता हो समयचेतनाको कुरा गर्नेरूहले वर्तमान सत्ताले अभ्यास गरिरहेको समाजवादप्रति दृष्टि लगाएका छन् ? सामाजिक यथार्थको बोधबाट जन्मिने समय चेतना’ र सत्ताको चोर औंलाबाट बोध हुने समय चेतना’ नितान्त फरक कुरा हुन् । समय चेतना’ पनि वर्गीय हुन्छ ।

कवि श्यामलसँग हालै बुटवलमा एक अन्तरक्रिया कार्यक्रम भयो । श्यामलले उठाएका कतिपय विषयहरू मननयोग्य थिए । त्यस्तै राजनीतिकर्मी घनश्याम भूसालसँग वर्तमान राजनीतिमा समकालीन साहित्यको भूमिकाविषयमा पनि केही दिन अघि एक अन्तरक्रियात्मक कार्यक्रम भयो ।
श्यामलको विचारको सारांश के थियो भने कवि लेखकहरूले अन्तराष्ट्रिय साहित्यको अध्ययन गर्नु जति जरुरी छ, त्यो भन्दा जरुरी छनेपाली समाजको अध्ययन गर्नु । सामाजिक यथार्थ र जनजीवनलाई छुन सकिएन भने साहित्य अर्थहीन हुन्छ ।

भूसालले अहिलेको राजनीति दलाल पूँजीपतिहरूको लेनदेनमा टिकेको र सामाजिक अर्थव्यवस्थाको पुर्नसंरचना नभएसम्म परिवर्तन हुँदैन भने । निम्न वर्गको हातमा सामाजिक पूँजी छैन । त्यो अभावले आर्थिक असमानतालाई झनझन बढाउँदै लगेकोले साहित्यले त्यस दिशामा दृष्टि दिनु पर्दछ भन्ने भूसालको तर्क थियो ।

सारमा दुबै वक्ताले कवि लेखकमा समयचेतको आग्रह गरेका थिए । समय चेतनापदावली, साहित्यमा निकै प्रयोग हुने गर्दछ । खासगरी नेपाली साहित्यमा । त्यसमा पनि पछिल्लो समय साहित्यिक गतिविधिका दृष्टिले अलिकति चल्मलाएजस्तो देखिने बुटवलको साहित्यिक वृतमा पनि समय चेतनाचासोको विषय बनिरहेको छ ।

समय चेतनाको परिभाषा के हो ? निःसन्देह साहित्यलाई मनोरञ्जन वा विलासिताको साधनठान्नेहरूको समयचेतना र जीवनमा सत्यको प्रकाशमान्नेहरूको समयचेतनाका बीच ठूलो फरक हुन्छ । यहाँ नवउदारवादको जाली सपनाहरूको प्रहारले थङथिलो भएर सहरमा घर, गाडी र बैंक ब्यालेन्सका लागि सत्तावृत्तमा कुदिरहनेहरू छन् । यहाँ सत्यको लागि ज्यानकै बाजी लगाएर जुनसुकै सत्ताको पनि प्रतीपक्षमा उभिन नडराउनेहरू पनि छन् ।यी दुई थरि चरित्रकासमयचेतनामा सीधा कोणको फरक हुन्छ ।

समय चेतनाको धरातल

समय चेतनाको बोध चिन्तनबाट हुन्छ । वर्तमानको परिवेश विगतको प्रतिफल हो । हाम्रो विगत भनेको सयौं वर्षदेखि शोषक सामन्तहरूसँगको लडाई हो । दलाल पूँजीपतिहरूका माध्यमबाट भित्रिन थालेको पूँजीवादको एउटा कुरुप संरचनाविरुद्घको लडाई हो । त्यही लडाईको प्रतिफलस्वरुप सामन्ती व्यवस्था फालिएर गणतन्त्र आएको हो । त्यो लडाईमा मुक्तिको सपना थियो । आर्थिक समानता र न्यायको भोक थियो । स्वाधीनता र आभायुक्त श्रीको चाह थियो ।

तर गणतन्त्रमा सत्तारुढ सत्ताले त्यो मुक्ति, समानता, न्याय, स्वाधीनता र श्रीलाई बिर्सेजस्तो देखिएपछि आम मानिसमा निराशाले जन्म लिएको छ । तिनमा चिन्ता व्याप्त भएको छ । किन यस्तो भयो ?

समय चेतनाको कुरा गर्नेहरू सत्ताको खेतालो हुनुको परिणाम हो यो । बुद्घिजीवीमा देखिएको नैतिक क्षयीकरणको प्रतिफल हो यो । तिनले राष्ट्रिय चिन्तनलाई चटक्कै छोडेर राजनीतिक दल वा सत्ताका लागि जाली राजनीतिक चिन्तन मात्रै गर्नुको परिणाम हो यो । अनि, सत्ता र समग्र राजनीतिले पींधका मान्छेहरूका लागि होइन, दलाल पूँजीपतिहरूको हितका लागि मात्र चिन्तन गर्नुको परिणाम हो यो । पींधका मान्छे, र तिनले भोगिरहेका त्रासदी हाम्रो समाजको कठोर यथार्थ हो । दलाल पूँजीपति र तिनका आसेपासेहरूको समृद्धिको थेगो त केवल भ्रम हो ।

कठोर सामाजिक यथार्थको बोधबाट जन्मिने हो समय चेतना। समृदधि को भ्रममा टेकेर समय चेतनाको कुरा गर्नु कुरी कुरीको विषय हो । मूलतः पींधका मानिसहरू नै समय चेतनाको धरातल हुन् ।

वर्गीय चेतना

साहित्यसँगजोडिने समय चेतनाको अर्थ प्रगतिको आग्रह हो । आर्थिक समानता र सामाजिक न्यायको माग हो । समाजवाद उन्मुख नीति र व्यवहारको वकालत हो । मूलतः शोषणको जगमा उभिने क्रूर व्यवस्थाको विरोध हो । त्यसैले यो समय चेतना प्रगतिशील हुन्छ । अझ कम्युनिष्ट पार्टीको सदस्यता लिएर गोलबन्दहुनेहरूका लागि त समय चेतनाप्रगतिवादी नै हुनु पर्ने होला । अनि ती माक्र्सवादी सिद्घान्तप्रति निष्ठावान पनि हुनु पर्ने होला ।



सत्यका पक्षमा नबोल्ने हो भने एकताका नाममा गोलबन्द’ हुनुको कुनै अर्थ हुँदैन । सत्यका पक्षमा बोल्ने समय चेतना’ छ भने एक्ला चलो रे’ पनि समयको कुनै विन्दुमा शक्तिशाली हुन सक्छ । 


अहिलेको राजनीति, दलाल पूँजीपतिहरूको लेनदेनमा टिकेकोभन्ने घनश्याम भूसालको टिप्पणीमा फर्कौं । र, संविधानको प्रस्तावनामा उल्लेख ‘‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्घ रही समृद्घ राष्ट्र निर्माण गर्न..’’ भन्ने वाक्यांशलाई पनि हेरौं ।
प्रष्ट छ, शून्य औद्योगिक विकासका कारण नेपालको अर्थतन्त्र र राजकीय शक्ति दलाल पूँजीपतिहरूको हातमा छ । निजीकरणका नाममा, भएका औद्योगिक संरचनाहरू पनि दलाल पूँजीपतिहरूलाई नै दिइएको पनि हो । त्यसैले हाम्रो अर्थतन्त्रमा ढलिसकेको सामान्तवादमाथि चढेर हुर्किरहेको वर्ग दलाल पूँजीपति वर्ग नै हो । सत्तात्यही वर्गको सेवक बनिरहेको छ ।

दलाल पूँजीपति वर्गको कोखबाट कस्तो समाजवादजन्मिन्छ ? समाजवादप्रतिको यो कस्तो प्रतिवद्घता हो ?

समयचेतनाको कुरा गर्नेरूहले वर्तमान सत्ताले अभ्यास गरिरहेको समाजवादप्रति दृष्टि लगाएका छन् ? सामाजिक यथार्थको बोधबाट जन्मिने समय चेतनार सत्ताको चोर औंलाबाट बोध हुने समय चेतनानितान्त फरक कुरा हुन् । समय चेतनापनि वर्गीय हुन्छ ।

सेतोलाई सेतोः कालोलाई कालो

सामाजिक परिवेशप्रति इमान्दार नभएसम्म समाजको यथार्थ देखिंदैन । कवि श्यामलको आशय त्यही थियो । कल्पनाभन्दा बढी यथार्थलाई आत्मसात गरौं । सामाजिक यथार्थलाई टिपेर वैचारिक पक्षधरतामा स्पष्ट हौं । अनि न हाम्रो समय चेतना’ ‘समय चेतनाहुन्छ । कालोलाई कालोभन्ने र सेतोलाई सेतोभन्न नसक्नेहरूले समय चेतनाको कुरा गर्नु हास्यास्पद मात्रै होइन, लज्जास्पद पनि देखिन्छ । दुर्भाग्य हामी यस्तै हास्यास्पद र लज्जास्पद इतिहासका साक्षी भएका छौं ।
एउटा उदाहरण हेरौं

समाजवादउन्मुख शिक्षा नीति र जनस्वास्थ्य अधिकारको रक्षाका लागि भन्दै विभिन्न मागहरू राखेर डा. गोविन्द के.सी. १५ औं अनसनमा थिए । उनका मागहरू स्पष्ट र सीधा थिए । ती समाज हितकै लागि थिए । सबै मानिसका लागि थिए । यो कुरा त एउटा लाटोले पनि बुझ्न सक्थ्यो । तर सरकार उनीप्रति क्रूद्घ थियो । परिस्थिति गम्भीर हुँदै गएपछि पाठक मञ्च बुटवलले सडक कविता आयोजना गरी गोविन्द के.सी.प्रति समर्थन जनायो ।

त्यो कार्यक्रममा कवि लेखकहरू सडकमा ओर्लिए । के.सी. सत्यका पक्षमा थिए, त्यसैले कवि लेखकहरू तिनका पक्षमा थिए । बयासी त्रियासी वर्षका वयोवृद्घ कवि लेखकहरू धरि सडकमा आएर कविता पढे, के.सी.प्रति एक्येवद्घता जनाए । तर प्रगतिशील भनिने कविहरू त्यसदिन अचानक  हराए । कम्युनिष्टपार्टीमा गोलबन्द एकसे एक प्रगतिवादी लेखक बुद्घिजीवीहरू स्यालका सिङभए ।

अर्को उदाहरण हेरौं

कन्चनपुरको घटनाले देशै हल्लायो । घटनाप्रति सरकारको रवैया उदेकलाग्दो देखियो । न्यायको माग गर्दै प्रदर्शन गर्नेलाई गोली हानियो । तर दोषी खोजेर कारवाही गर, न्याय देऊ, शान्तिसुरक्षा देऊ भनेर चिच्याइरहेका मानिसका आवाजलाई साथ दिन प्रगतिशील भनाउदा कवि लेखकहरूले आवाज उठाएको पाइएन । बरु तिनले बुर्जुवा भन्न रुचाउनेहरू न्यायको आग्रहसहित सडकमा उत्रेको देखियो ।
यो भनेको कवि लेखकले लोकजीवनमा आइपर्ने आपतविपतप्रति आँखा चिम्लिनु नै हो । लोकको सुखदुःख र पीडाप्रति निरपेक्ष रहनु नै हो । कटु सामाजिक यथार्थलाई आत्मसात गर्न नसक्नु नै हो । केवल आºनो हितकेन्द्रित चिन्तन समय चेतनाहुन सक्तैन ।

लोकजीवनको अध्ययन

वर्तमान राजनीतिमा समकालीन साहित्यको भूमिका। यो एक उदेकलाग्दो विषय किनभने वर्तमान राजनीतिमा, सत्तारुढ दलकै सशक्त नेताहरू भूमिकाविहीन देखिएका छन् । जतिसुकै विवेकहीनआदेश भए पनि, पार्टी सत्ताको आदेश मान वा भूमिकाविहिन भएर बस । यस्तो बेला वर्तमान राजनीतिमा साहित्यको के भूमिका ?

सत्ता त बडा वाचाल छ । निरन्तर बोल्छ, बोलिरहन्छ । सत्ताले साहित्य पढ्दैन, सत्ताले आवाज सुन्दैन ।

त्यसैले साहित्यको भूमिका राजनीतिमा होइन, लोकजीवनमा केन्द्रित हुनु पर्दछ । लोकको पीडा र आँसुलाई नदेखेसम्म समय चेतआफैप्रतिको व्यङग्य मात्र हुन्छ । गणतन्त्रको घोषणापछि अनेक सत्ता समीकरणका लागि ति राजनीतिक चिन्तन भए, त्यसको आधा मात्र पनि चिन्तन लोकजीवनको इच्छा र आवश्यकतालाई छुने गरी भएको भए आज लोकले हरेक दिन निराशासँगजम्काभेट गर्नु पर्दैनथ्यो ।

समय चेतनाको दृष्टिले समग्र नेपाली साहित्य यो दशककै मरन्च्याँसेसाहित्य हो । एक दुई अपवाद बाहेक यो दशकमा सामाजिक यथार्थमा उभिएर गतिला कृतिहरू आउन सकेनन् । यो दशकको साहित्य कि त कल्पनाको बयलगाडा चढेर अम्रिकाहिंडेकाजस्तोे देखियो कि इतिहासका पानाहरूमा हराएको देखियो । अहम देखाउने र सत्य लुकाउने बायोग्राफीहोस् वा सरकारी पैसामा छापिएका पिलन्धरेखोजसाहित्य होस्, सबका सब लोकजीवनको मर्मभन्दा टाढा देखिए ।

यस्तो त हुनु नै थियो । किनभने एउटा कालखण्डमा एक लम्बरीप्रगतिशील र प्रगतिवादी भनिने कवि लेखकहरू पहरामा झुण्डिएको भीर मौरीको घारजस्ता सुदूर गाउहरूमा पुग्न सकेनन् । सिदरी मछरीको पोखरीजस्तै अाँसुको पोखरीमा डुबेका देहातहरूमा पुग्न सकेनन् । जनयुद्घपछिको गाउबस्तीमा मानिसहरूको छाती कति चहराइरहेको छ भन्ने महशुस गर्न सकेनन् ।

किन सकेनन् ? किन ? किनभने तिनलाई सत्ता र शक्तिको वृतमा घुम्दै काठमाण्डौ वा अन्य सहरमा घर घडेरी जोड्न, बैंक ब्यालेन्स बढाउन,एनजीओ चलाउन र तारे होटेलहरूमा गोष्ठी चलाउन नै समय पुगेन । समय पुगेन तिनलाई राजनीतिक चिन्तनगर्न नै । ती पुग्न सकेनन् भोक र रोगले शोकग्रस्त विकट ठाउहरूमा । ती पुग्न सकेनन् विरासतमा युद्घको घाउ लिएर श्रम गरिरहेका कलिला नानीहरूको आखाको भाषा पढ्न । तिनलाई त नेताको भाषण पढ्नबाट नै फुर्सत भएन ।
यो त्यही दशक हो, जुन दशकमा कवि लेखकहरूले लोकजीवनमा छिरेर लोकको अध्ययन गर्न सकेनन् । लोक जीवनको अध्ययनबिना समय चेतनाबोधगम्य हुँदैन ।

चास्नीमा चेतना

दुई ठूला कम्युनिष्टपार्टीहरू एकीकृत भएपछि नेकपाबनेको छ । यो एकताले श्रमजीवी जनता खुसी हुनु स्वभाविकै थियो । तिनले, तिनका भाषामा कम्युनिष्टको बहुमतको सरकारदेख्ने रहर गरेका थिए । देखे । तिनले आºना नेताहरू सत्तारुढ भएको हेर्न चाहेका थिए । हेरे । तिनले परिवर्तन चाहेका थिए । नेताहरूको जीवनमा देखे परिवर्तन पनि ।तर तिनले आºनो जीवनमा पनि त सकारात्मक परिवर्तन चाहेका थिए । देशको जीवनमा पनि परिवर्तन चाहेका थिए । त्यो परिवर्तनको छाँटछन्द खै ?

संघौ शक्ति कलियुगेभन्दछन् । एकता नै बल हो । तर विपरित तत्वहरूको एकतामा द्वन्द्व निरन्तर चलिरहन्छ । त्यो द्वन्द्वमा माझिएर खारिएर २४ क्यारेटको सुननिस्कने जति सम्भावना हुन्छ, त्यति नै सम्भावना हुन्छद्वन्द्वमा घोटिएर क्षयीकरणबाट शून्य हुने पनि । समय चेतनाले प्रश्न जन्माउ, प्रश्नले द्वन्द्वलाई उचित दिशा दिन्छ । तर यस्तो लाग्छ, अहिले प्रगतिशील र प्रगतिवादी भनिने समय चेतनासँगकुनै प्रश्न छैनन्, खासमा समय चेतनानै छैन ।

सत्यका पक्षमा नबोल्ने हो भने एकताका नाममा गोलबन्दहुनुको कुनै अर्थ हुँदैन । सत्यका पक्षमा बोल्ने समय चेतनाछ भने एक्ला चलो रेपनि समयको कुनै विन्दुमा शक्तिशाली हुन सक्छ । अहिले देशमा बरु एक्ला चलो रेहरू नै मुखरित छन्, तिनले एक्ला एक्लै भए पनि शक्तिशाली प्रश्नहरू गरिरहेछन् ।

कम्युनिष्टपार्टीमा गोलबन्दकवि लेखकहरूको गोलबन्दीभने चास्नीमा गोलबन्दझिंगाहरूको गोलबन्दीजस्तै देखिएको छ । यो समय, चास्नीमा चेतना डुबेको समय हो !

(याे लेख २०७५ भाद्र १६ गते शनिबार बुटवल टुडेमा प्रकाशित छ ।)

Comments