फाेटाे टिप्पणीः बलात्कार विरूद्ध उठ्दाे अावाज

कञ्चनपुरको निर्मला काण्डले देशका संवेदनशील तप्कालाई आक्रोशित तुल्याएको छ  । देशमा बढ्दो महिला हिंसा विरुद्ध विरोध प्रदर्शन भईरहेको छ ।

कञ्चनपुर घटनाले दुई तिहाई बहुमत प्राप्त सरकारलाई निकै गम्भीर प्रश्न चिह्न खडा गरिदिएको छ । सही दोषी पहिचान गर्न प्रशासन चेष्टा नगर्नु, प्रमाणहरु नष्ट गर्नु, न्यायको आवाज उठाउने जनतालाई गोली प्रहार गर्नु, निर्दोष युवा युवतीलाई यातनको बलमा अपराधी सावित गर्न खोज्नु जस्ता घटनाले प्रहरी प्रशासनभित्रको भ्रष्टाचारलाई मात्र उजागर गरेको छैन दण्डहिनतलाई नंगाएको पनि छ । हामी कठोर निरकुंश शासनमा छौ वा २१ औं शताब्दीमा मौलिक हकले सुसज्जित सभ्य देशमा छौं भन्ने प्रश्न निकै कठोर ढंगले उठेको छ । दण्डहिनता र घटना लुकाउन गरिने प्रशासनको अख्तियार दुरुपयोग निकै घिनलाग्दो छ ।

बलात्कारको जरो समाजमा विद्यमान नारी विरोधी मान्यता, संस्कार र प्रचलनहरु हुन् । बजारले नारीलाई बिक्रीको वस्तु बनाएको छ । महिला हिंसालाई प्रेरित गर्ने तत्वहरु हाम्रा हावा र पानीमै विद्यमान छन् । अहिले सडकमा संवदेन र सहानुभुतिका कारण देखिएको यो विरोध प्रदर्शन समाजको आधारभुत परिवर्तनसँग गाँसिएन भने फेरि पनि यस्ता परिवर्तनहरुको आवश्यकता रहनेछ । अहिलेलाई भने महिला हिंसा विरुद्ध, दण्डहिनता विरुद्ध आवाज बुलन्द गर्ने हरेकलाई सम्मान छ । मौन बस्नुभन्दा सुस्केरा हाल्नु पनि निकै बेस हो ।

यहाँ हामीले २०७५ भदौ १६ गते शनिबार तिलोत्तमा नपा, रुपन्देहीमा भएको महिला हिंसा विरोधी ¥यालीको फोटोहरु पोष्ट गरेका छौ । यो र्याली  WTMS (We Too Make Society) र Rotrarct club of Rupandehiको संयुक्त आयोजनामा गरिएको थियो । तर ¥यालीमा जोसुकै संवेदनशील मानिसहरु स्वतस्र्फुत सहभागी भएका थिए । तस्वीरले नयाँ पुस्ताहरुको सक्रियतालाई झनै पुष्टि गर्दछ । राजनीतिक दलहरुको मौनताका माझ पनि आम जनताको यो स्वतस्फुर्त प्रदर्शन हामी अझै ज्युँदै छौ भन्ने प्रमाण हो ।





भलाकुसारीका लागि तस्वीर र सुचना संकलन नविना थापाले गरेकी हुन् ।

Comments