इतिहास साक्षी छ, जबदेखि निजी सम्पत्तिको आडमा पुरूषसत्ताको सुरूवात भयो र जहिलेदेखि सम्पत्तिमा स्वामित्वविहिन महिला शोषित भए, त्यहिँबेलादेखि नै पुरूषसत्ताले यौनलाई खरिद-बिक्रीको विषय बनाएको छ । जसरी बेच्नका लागि राखिएका वस्तुको कुनै दोष हुँदैन बेचिनुमा त्यसरी नै यो खरिद-बिक्रीमा महिलाको कुनै दोष हुँदैन । यो सिलसिला त शुरू गरेकै पुरूषसत्ताले हो ।
अस्वत्थामा
मार्क्सवादी अर्थशास्त्रले भने उदारवादको विपरीत मानवीय मूल्यको सन्दर्भ समाउँछ । अतिरिक्त मूल्यको हिसाबमा मार्क्सले यसै श्रमशक्ति जोडेका होइनन् । त्यसैले समाजवादी बजारमा यौन, सेरोगेसी विक्रिका लागि उपलब्ध हुँदैनन् ।
त्यसैले जब सोभियत संघ ढल्यो । उदारवादी अर्थतन्त्रको प्रभाव यसरी फस्टायो । १२/१३ वर्षका किशोरीहरू हर्मोनको सुई लगाएर युरोपेली यौन बजारमा बिक्रि हुनथाले ।
नेपाली विडम्बना मार्क्सवादी झण्डा बोकेर मुख्यमन्त्री बन्नुभएका महानुभावले नै यौनबजारको खुल्लमखुल्ला वकालत गर्नुभयो । केही भद्रजनले आडम्बर नदेखाउन अनुरोध गर्दै वकालतमा सहीछाप धस्काइरहनुभएको छ ।
यौनबजारको वकालत गर्ने एक महिला लेखकलाई केही वर्ष अघि आवेशमै सोधेको थिएँ - कसकी छोरीको यौवन बिक्रिमा राखिन्छ त्यहाँ ?
अहिले त्यहीँ प्रश्न मुख्यमन्त्रीज्यूलाई पनि । अाखिर अार्थिक र सामाजिक पूँजी कमी हुने महिला न बेचिने हुन् ।
यौन बिक्रिको विषय होइन । आपसी सहमतिमा यौनसम्पर्क जायज हुन्छ । जब बिक्रिको विषय बन्छ त्यहाँ बेचिने जहिल्यै बाध्यतामा हुन्छ । बिल क्लिन्टनको ह्याइट हाउसमा होस् वा दिल्लीको जिबी रोडमा किन नहोस् ? चाहे त्यो मौद्रिक सौदाबाजीमा होस् वा आश्वासनको नाममा होस् । यौन बजारमा जहिल्यै बेचिने बाध्यतामा हुन्छ । खरिददार बाध्यताको फाइदा लुटिरहेको हुन्छ । प्रकृतिले विशुद्ध प्रजननका लागि बनाएको र मानिसले आनन्दका लागि सहमतिमा गर्नेगरी विकास गरेको प्रणाली होइन भने कसरी व्यापारको विषय बन्छ ?
इतिहास साक्षी छ, जबदेखि निजी सम्पत्तिको आडमा पुरूषसत्ताको सुरूवात भयो र जहिलेदेखि सम्पत्तिमा स्वामित्वविहिन महिला शोषित भए, त्यहिँबेलादेखि नै पुरूषसत्ताले यौनलाई खरिद-बिक्रीको विषय बनाएको छ । जसरी बेच्नका लागि राखिएका वस्तुको कुनै दोष हुँदैन बेचिनुमा त्यसरी नै यो खरिद-बिक्रीमा महिलाको कुनै दोष हुँदैन । यो सिलसिला त शुरू गरेकै पुरूषसत्ताले हो । चाहे इन्द्रको दरबारमा गन्धर्व कुलकी चेलीलाई अप्सरा बनाएर होस् वा वैशाली राज्यमा नगरवधुको ‘धिक्कृत कानून’ सिर्जना गरेर होस् । आचार्य चतुरसेनको ‘वैशाली की नगरवधु’मा आम्रपालीले यत्तिकै धिक्कृत कानून भनेकी होइनन् । प्रमाण हो त्यो ऐतिहासिक उपन्यास पुरूषसत्ताले बलजफ्ती यौन बजार स्थापना गरेको । स्पार्टाकसकी प्रेमिका वारिनियालाई कसले बेचेको थियो यौन बजारमा ?
राज्यले युगौंदेखि वञ्चितिमा पारेको वर्ग-समुदायका पूँजी, अवसर, सीप, ज्ञान र सम्पर्कविहिन निहत्था चेलीहरू आज ठमेल बजारमा बाध्यताको लाइन लागिरहेका भेटिन्छन् । पोखराको लेकसाइडमा पनि सायद ।
खोई तिनलाई लोकतन्त्र ? खोई तिनलाई अवसर ? खोई तिनलाई राज्यप्रदत्त सुविधा ?
परिवर्तनको दुन्दुभी बजाउने महानुभावले ति चेलीलाई सम्बाेधन गर्न सक्न्नुपर्थ्यो- ‘हामी इतिहासले गरेको अन्याय सुधार्छौं । तिमीलाई अवसरको बहार ल्याइदिन्छौं । सीप, पूँजी र असवर जुटाइदिन्छौं । श्रम गरेर बाँच्नसक्ने बनाइदिन्छौं ।’
विडम्बना यौनबजारलाई नै उनले वकालत गरे । कपाल काट्ने तालिममात्र दिएर वा ड्राइभिङ तालिममात्र दिएर रोजगार प्रवर्द्धन गर्ने सोच पनि पलाएन । राज्य सञ्चालित कृषि वा पशु फारम त तिनको कल्पनाले पनि भेट्दैन ।
गरिबका छोरीलाई यौनदासी बनाउने राजा इन्द्रको पालादेखिको तिम्रो व्यवस्था चालु राख्ने प्रयास गर्यौ । ठीकै छ । समयले एक दिन सबैसँग हिसाब माग्नेछ। अहिलेलाई तिम्रो झण्डा फेर । नारा फेर । मुकुण्डो उघार । सक्कली अनुहार देखाऊ ।
Comments
Post a Comment