मुख कालाे पट्टी तर माैन बसेनन् बुटवलका स्रष्टा (फाेटाे फिचर)

विरोधका अनेक रुप हुन्छन् । कतै नारा जुलुस, कतै धर्ना, कतै बन्द हड्ताल । तर आज बुटवलमा स्रष्टाहरुले फरक ढंगले विरोध अभिव्यक्त गरे ।
आज साँझपख निर्मला पन्तलाई न्याय र बढ्दो बलात्कार काण्डका विरुद्ध बुटवलमा स्रष्टाहरुले ‘न्यायका लागि कविता ¥याली’ सम्पन्न गरे । बुटवलको ट्राफिकचोकमा जंगबहादुर शाह, दिल साहनी जस्ता पाका स्रष्टादेखि गिरि श्रीस मगर, रमेश पाण्डे, सरिता श्रीस, कृष्ण गाउँले, रामचन्द्र श्रेष्ठ, खोमा तरामु मगर, अमृत पियुष, कविराज पौडेल, मिन राना, सुर्जन तिवारी, पूर्णचन्द्र भट्टराई, अम्बिका पाण्डे, सागर केसी लगायतका लगभग तीन दर्जन स्रष्टाहरु जम्मा भए । उनीहरुले मुखमा कालो पट्टी बाँधे, हातमा कविताको प्लेकार्ड समाते, कसैले हातमा बलेको मैनबत्ती समाते अनि मौन ¥याली शुरु गरे पुष्पलाल पार्कतर्फ । पुष्पलाल पार्क पुगेपछि उनीहरु ब्यानर, प्लेकार्ड, मैनबत्ती लिएर केही समय प्रदर्शन गरे । न कुनै नारा, न कुनै भाषण कार्यक्रम सम्पन्न भयो ।

कविता र्यालीमा सहभागी हुँदै साहित्यकार दिल साहनी 

पुष्पलाल पार्कमा प्रर्दशन गर्दै अग्रज स्रष्टा जंगबहादुर शाह लगायत अन्य स्रष्टाहरू



विरोध अभिव्यक्तिको लागि अवलम्बन गरिएको यो फरक शैलीबारे कार्यक्रमको संयोजन गरिरहेको पाठक मञ्चका गिरि श्रीस मगरले यसरी अथ्र्याए— “कालो पट्टीको अर्थ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक बन्दोबस्त हुँदाहुँदै पनि निस्तेज पार्ने कोशिस गरिएको, बलेको मैनबत्तीको अर्थ न्याय हराएको देशमा न्यायको खोजी गरेको र सबै अभिव्यक्ति स्रष्टाले कविताको प्लेकार्ड मार्फत दिएको हो ।”




फरक तर विम्बात्मक र सिर्जनशील तरिकाले महिला हिंसा, अन्याय र निर्मलाको पक्षमा आफुलाई उभ्याएर बुटवलका स्रष्टाहरुले आफुलाई जनताको पक्षमा उभ्याएका छन् ।

कार्यक्रममा प्रदर्शित केही कविता प्लेकार्डहरू








भलाकुसारीका लागि सुर्जन तिवारीले तस्वीरहरू खिचेका हुन् भने कविता प्लेकार्डका तस्वीरहरू जनबाटाे अनलाइनबाट साभार गरिएकाे हाे ।

Comments