जलवायु परिवर्तनको असर : दुई तस्विर

जलवायु परिवर्तनका असरहरू अनेकन् छन् । विकसित मुलुकहरू नाफाकेन्द्रित मात्रै हुँदा अति उत्पादनका लागि भएको असिमित कार्बनजन्य ग्याँसहरूको उत्पादनले जलवायु परिवर्तन भइरहेछ । यो परिवर्तनले प्राकृतिक समस्यासँगै द्वन्द्व पनि निम्त्याइरहेछ । युएनडिपीले सार्वजनिक गरेका तस्विरमध्ये सुडानका यी तस्विरहरूले जलवायु परिवर्तनको निर्मम असर देखाउँछ ।  संयुक्त राष्ट्रसंघका रिपोर्टहरू अनुसार जलवायु परिवर्तन नै द्वन्द्व र विस्थापनको कारण बनेको छ ।
सुडानमा भइरहेको गृहयुद्धको कारण सुरक्षित ठाउँ खोज्दै हिँडेका डार्फरिहरू । जलवायु परिवर्तनका कारण देशको डार्फर क्षेत्रमा भइरहेको अनियमित र अति कम वर्षा भइरहेछ । फोटोः गेरी नाइट

आन्तरिक रूपमा विस्थापित सुडानकी बालिकाहरू दाउरा खोज्न क्याम्पबाट निस्कँदै । कतिपयको लागि यो काम सात घण्टाभन्दा बढी समयको भइदिन्छ र कतिपय अनेकन् हमलाको शिकार बन्नुपर्छ । क्याम्पमा खाना बनाउनका लागि दाउरा खोज्न गएका ८ वर्षका बालिकाको समेत बलात्कार र हत्या हुने गरेको छ । फोटोः रन हभिभ 

Comments