लक्ष्मण श्रेष्ठ
(यो कुनै व्यवस्थित आलेख होइन । प्रगतिशील अध्ययन समूह, किर्तिपुरले २०७३ साल असार २५ गते आयोजना गरेको कविता गोष्ठीमा कविताबारे मन्तव्य दिन लेखकलाई बोलाएको थियो । त्यसैको लागि तयार पारिएको बुँदागत टिपोट हो ।)
– यो शहरमा एउटा नामुद पत्रकार छन् । उनी कविताका एक नम्बरका विरोधीका रुपमा कुख्यात छन् । ती हुन् कृष्णज्वाला देवकोटा । अहिले ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक । उनी भन्छन्, ‘इतिहास रमरम भ्रम हो भने कविता पूर्ण भ्रम’ । लक्ष्मीप्रसाद देवकोटाका सगोत्री भएपनि कविताप्रतिको उनको यो विरोधी भावनाले हामीलाई कविता के हो भनेर सोंच्न बाध्य बनाउँछ । किनभने शहरमा कविता मन नपराउने भन्दा मन पराउनेहरुको संख्या बढी छ । यो देशमा साहित्यकारहरुको सूची बनाउने हो भने कविता, गजल, गीत, मुक्तक आदि ईत्यादि गरेर काव्यमा कलम चलाउनेहरुको संख्या गन्न एक/दुई हप्ताको फुर्सद निकाल्नुपर्छ ।
– कविताबारे स्पष्ट हुन भाषाबारे स्पष्ट हुनुपर्छ । किनभने कविता भाषाको सर्वोत्कृष्ट रुप हो । भाषा सामाजिक सम्पर्कको माध्यम हो । समाजको निर्माण नहुँदासम्म भाषाको विकास भएको थिएन । समाजको निर्माणसँगै मानिसलाई एक अर्कोसँग सम्पर्क गर्ने माध्यमको खाँचो पर्यो । त्यही माध्यमको रुपमा भाषाको जन्म भयो ।
– आज पनि हेर्ने हो भने समूहबद्ध भएर बसेका प्राणीहरुमा केही न केही रुपमा भाषाको विकास भएको पाइन्छ । जस्तैः माहुरीहरु प्रकाशको दिशाको सापेक्षमा फूलको दिशा बताउने गर्छन् । कमिलाहरु शिरको एण्टेना जोडेर सञ्चार गर्छन् । तर, समाजमा नबस्ने कुकुरहरुमा त्यो मात्रामा भाषाको विकास भएको पाईंदैन ।
– तर, मानिसहरुको भाषा अन्य सबै जीवको भन्दा उत्कृष्ट छ । किनभने मानिससँग लिपी र शब्दहरु छन् । यो मानिसको उत्कृष्टताले निर्माण गरेको हो । मानिस वैज्ञानिक रुपमा पूर्ण विकसित, सामाजिक रुपमा सबैभन्दा सामाजिक र आर्थिक रुपमा उत्पादन तथा पुनः उत्पादन गर्नसक्ने एकमात्र जीव हो । मानिसको सामाजिकता अन्य जीवहरुको सामाजिकताभन्दा फरक छ । अन्य जीवहरु जीवन निर्वाहका लागि समूहबद्ध हुन्छन् भने, मानिस उत्पादन तथा पुनः उत्पादन प्रक्रियाको जटिल संरचनामा समूहबद्ध हुछन् । प्राकृतिक स्रोतहरुको विशेषता केलाएर त्यसको पुनः उत्पादन गर्ने क्षमता विकास गर्दै जाने क्रममा मानिसको निर्माण भएको हो । यो क्षमता विकास गर्ने प्रक्रिया आज पर्यन्त जारी छ । त्यसैले मानिस झन् भन्दा झन् विकसित हुँदैछ ।
– फेरी भाषातिर फर्कौ । मानिसको भाषाको विशेषता शब्द र लिपी हुन् । त्यसोभए शब्द के हो ? लिपी के हो ? मैले अहिले योबारे मैले जाने जत्तिमात्र पनि भन्न थालें भने तपाईंहरुलाई निद्रा लाग्नेछ । हाई आउनेछ । र, तपाईंहरु फुत्त–फुत्त बाहिर निस्कन थाल्नुहुनेछ । त्यसैले म यो बारे धेरै भन्दिन । रुची राख्ने साथीहरुले भाषाको विकास सम्बन्धी पुस्तकहरु पढ्नुहुनेछ भन्ने आग्रह राख्छु । अहिले यत्तिमात्र भन्छु, शब्दहरु वस्तुको प्रतिविम्बनको प्रस्तुती हुन् । भौतिक संसारसँगको अन्तरक्रियामा हरेक वस्तुले मानिसको मस्तिष्कमा प्रतिविम्बनको निर्माण गर्दछ । त्यो प्रतिविम्बनलाई सञ्चारमा व्यक्त गर्न मानिसहरुले संकेत दिए । ध्वनीको विकाससँगै ती संकेतहरुले शब्दको रुप पाए । भाषाशास्त्रको अध्ययनबाट थाहा हुन्छ, मानिसहरुले शुरु–शुरुमा अनुकरणात्मक शब्दहरु निर्माण गरे । झरनाको छेउमा बसेर झर्झर् गरे होलान् । काग कराएको सुनेर का–का–का गरे होलान् । तपाईंहरुले बोली फुट्दै गरेका बच्चाहरुको संगत गर्नुभयो भने थाहा पाउनुहुनेछ, उनीहरु आमा, बाबा, मामा, काका, दिदी जस्ता लयात्मक शब्दहरु पहिले सिक्छन् । केही वर्ष अगाडि मात्रै भाषाशास्त्रीहरुले स्वर यन्त्र (भोकल कर्ड)को विकास भइनसकेकोले यस्तो हुने पत्ता लगाएका छन् । अब यसो सोचौं त, मानिसहरुको स्वर यन्त्र पूर्णतः अहिलेको जस्तो विकसित नभइसक्दा शब्दहरु कति सिमित थिए होलान् ? एंगेल्सले ‘बाँदरबाट मानिसको विकासमा श्रमको भूमिका’ नामक निबन्धमा मानिसले भाषाको विकास गर्नका लागि गरेको कठिन संघर्षको व्याख्या गर्नुभएको छ । एंगेल्सले उक्त निबन्ध लेखेयता त्यसबारे निकै धेरै खोज, अनुसन्धानहरु भएका छन् । तर, यी सबैको एउटै सार छ– सामाजिक जीवनको क्रममा, अर्थात् उत्पादन, पुनःउत्पादनको सिलसिलामा मानिसहरुले सञ्चारको माध्यमको रुपमा शब्दहरु निर्माण गरे ।
– समाज जति विकसित भयो । त्यति नै जटिल पनि बन्दै जान्छ । जटिल सामाजिक संरचनामा सम्बन्धहरु पनि जटिल हुन्छन् । सामाजिक सम्बन्ध केवल उत्पादन र पुनः उत्पादनको चक्रमा मात्रै रहँदैन । यसले भाव र अनुभुतिहरुलाई पनि शब्दमा व्यक्त गर्नुपर्ने स्थितिको सिर्जना गर्छ । एकनिष्ठ विवाहपद्धतिको विकाससँगै मानिसमा वैयक्तिक प्रेमको भावनाको विकास भएको इभोलुसनरी साइकोलोजिस्टहरुको तर्क छ । वैयक्तिक प्रेमको विकासले अब भाव व्यक्त गर्नुपर्ने आवश्यकता निर्माण गर्यो । यसो कल्पना गरौं त, पहिलोपटक मानिसले आफूजस्तै अर्को मानिसलाई अरु सबैसँग भन्दा तिमीसँग विशेष व्यवहार गर्छु, सम्बन्ध बनाउँछु भनेर जनाउन ‘प्रेम’ शब्दको प्रयोग गर्न कति सकस भयोहोला ? जतिबेला त्यो शब्दको अस्तित्व नै थिएन ।
– त्यसैगरी दुःख, पीडा, लोभ, विलाप, क्षमा, क्रोध, रिस जस्ता भाववाचक शब्दहरुको निर्माण भएको हो ।
भौतिक जगतले सिर्जना गरेको भावलाई व्यक्त गर्न बनेका यी शब्दहरुले मस्तिष्कमा कस्तो तस्विर निर्माण गर्छन् होला ?
– त्यस्तै लिपीको विकास पनि शब्दजस्तै गरी सामाजिक अन्तरक्रियाकै क्रममा भएको हो । प्राचीन सभ्यताका लिपीहरु हेर्ने हो भने, ती वस्तुका चित्रहरु थिए । मानिसहरुले भेंडा जनाउन भेंडाकै चित्र, खरायो जनाउन खरायोकै चित्र बनाउने गर्थे । प्राचीन गुफाहरुमा पाईने चित्रहरु मानिसहरुले सायद आफूसँग भएका सम्पत्तिहरुको विवरण राख्न बनाएका होलान् जसरी अचेल हामीहरु कलम एक थान, पलंग एक थान भन्दै सूची बनाउछौं । तर, यो मेरो अनुमान हो । यसबारेमा मेरो अध्ययन अपुरो छ । तर, यत्ति चाहिं भन्नसक्छु, सामाजिक जीवनको एक अति विशिष्ट चरणमा पुगेपछि मात्र लिपीको विकास भएको हो ।
– समाजको विकासक्रमसँगै कागज र मसीको विकास भयो । जसले लिपीको विकासलाई ठूलो आड दियो भने कवितालाई अझ माथिल्लो उचाईंमा पुर्याउन पनि सघाउ पुर्यायो । तर, कागज, मसी र कलम बने पनि लेखन निकै महंगो वा जटिल थियो । त्यसैले आम जनमानसले कागज, कलमको जोहो गर्न सक्दैनथ्यो र उसँग लिपीको ज्ञान पनि हुँदैनथ्यो । नेपालको इतिहास हेर्ने हो भने त सात सालपछि मात्र नेपालमा लिपीको ज्ञान सर्वव्यापी हुन थालेको हो । कलम र कागज कति दुर्लभ थियो भन्ने त हाम्रै आमा पुस्ताको अनुभवबाट पनि थाहा हुन्छ । बनारसमा छापाखाना हुँदा पनि नेपालमा किताबहरु सहज थिएनन् भने संसारमै छापाखानाको विकास नहुँदै कागज र मसीले मात्र आजको जस्तो पुस्तकको आवश्यकता पुरा गर्न सक्दैनथे । त्यसैले मानिसहरुले श्रुति परम्पराबाटै शिक्षा ग्रहण गर्ने, सूचना प्रवाह गर्ने गर्नुप¥यो । श्रुति परम्पराका लागि लयको आवश्यकता महत्वपूर्ण हुन्छ । लयलाई एकैनासको बनाउन छन्दको आविष्कार भएको हो । त्यसैले हरेक प्राचीन भाषामा छन्दको उपस्थिती पाइन्छ ।
– दास समाजमा पुस्तकको विकास भयो, सामन्तवादी समाजसम्म आईपुग्दा अतिरिक्त उत्पादन पनि निकै बढिसकेको थियो । त्यसैले सामन्तहरुले आफ्नो वरिपरि कविहरु राखेर आफ्नो महिमागान वा प्रशस्ती लेखाइ प्रचार गर्न सक्ने भए । राजा अकबरको दरबारमा भएका नौ रत्नमध्ये कवि र गायक पनि थिए । महाकाव्यहरुको जन्म त्यतिबेला नै भएको हो । तर, कविहरुले त्यसलाई केवल महिमागानको साधन बनाएनन् । संस्कृतका कालीदासले ‘शाकुन्तल’मा लेखेको प्रेमकथा वा नेवार समुदायमा रहेको सितलामाईको गीत तत्कालीन सामाजिक संरचनाप्रति कविको विद्रोही स्वरको उदाहरण हो । व्यापार व्यवसायमा लागेकाले होला प्रशियालीहरुको संस्कृतिमा प्रेमविनोदको उपस्थिति बढी छ । संगीतको विकासमा पनि उनीहरुको निकै ठूलो भूमिका छ । टन्न गरगहना, जवाहरात र सम्पत्ति भएकाले उनीहरुको ध्यान बढीजसो कलामा गयो । त्यसैले फारसी दरबारको गर्भबाट गजलको जन्म भयो । धेरै सोंच्न नभ्याउने, ट्याक्क टुक्क मिलाएर ठ्वाक्क भनिहाल्नुपर्ने बाध्यतामा भएका नेपाली किसानहरुको ठाडो असारे भाका पनि परिस्थितीकै परिणाम हो । त्यसमा सामाजिक सम्बन्ध र आर्थिक हैसियतले निकै भूमिका खेल्छ । जस्तै चर्चित असारे गीत छ नीः
‘असारेमास दबदबे हिलो छुनलाई घिन लायो
पातली नानीलाई फरिया किन्दा दुई बीसे रिन लायो’
यो दुई पंक्तिमा असारे हिलोमा बाली लगाउने जीवन, त्यति नै बेला मिल्ने जोवन र जोवनको सम्बन्धलाई गाढा बनाउन ऋण हाल्नुपर्ने परिस्थिती समेटिएको छ । ‘दुई बीसे’ भन्ने शब्दावलीले मानिसहरुमा भएको अशिक्षा पनि जनाउँछ । प्रष्टै छ, यी पंक्तिहरु गजलको शेरजस्तो एउटा निश्चित बुनोटमा बाँधिएर सिंगारिएको छैन । खेतमा रोप्दारोप्दै चट्ट भनेर झट्ट प्रभाव जमाइहाल्नुपरेको बेला कहाँ काफिया र रदिफ खोज्न जानु ? त्यसैले पनि नेपाली साहित्यमा शास्त्रीय छन्दहरु सम्भ्रान्त वा गाउँका पण्डितहरुको खेलो बनिरह्यो भने निकै सरल बुनोटको छन्दमात्रै आमजनतामा लोकप्रिय भयो । जसलाई हेपेर सम्भ्रान्तहरुले झ्याउरे भनिदिए । लक्ष्मीप्रसाद देवकोटाले यही झ्याउरे भन्ने झर्रोमै मुनामदनजस्तो सशक्त काव्य सिर्जना गरिदिए । मुनामदनको शक्ति झ्याउरे हो भने झ्याउरेको प्रयोगले शास्त्रीय पण्डितहरुको शार्दुलविक्रीडित, अनुष्टुप, शिखरिणी लगायतका अनेकन् छन्द ओझेलमा पर्नु देवकोटाको शक्ति हो ।
– छरितो ढंगले मिलेको बान्कीमा चट्ट बसेर, एकै वाचन वा श्रवणमा मनमुटुसम्म आल्हादित गराउने शब्दहरुको सुन्दर मेल नै कविता हो ।
– छापाखानाको विकास भएपछि कविताहरु छन्दको पिंजराबाट मुक्त भए । एकातर्फ उपन्यास र कथाको युग शुरु भयो भने अर्कोतर्फ छन्दको पिंजराबाट मुक्त कविताहरुले फरक विषयवस्तु समात्न थाले । दरबारका सामन्तहरुको महिमामण्डन गाउँदागाउँदै भुत्ते भएका कविताहरुले उद्योगका मजदुर, खेतका किसान र सडकका विद्रोहीको आवाज बोल्न थालेपछि कविताको पारम्परिक अनुहार पुरै फेरियो ।
– तर, छन्दको वर्षौं पुृरानो पिंजरा तोडेर मुक्त आकारका गद्य (छन्द बाहेक अरु कविता नै होइनन् भन्नेहरुको भाषामा– गँड्यौला’ कविताहरु बन्दा जोखिमहरुको सिर्जना भयो । तीमध्ये सबैभन्दा ठूलो जोखिम थियो– कविता कविता नहुने खतरा । अघि नै भनें कविताको प्राण भनेको त्यसको लय हो । त्यो लयले मानिसलाई छुन्छ । लय बिनाको कविता कविता नै हुँदैन । लय नभएपछि कवितामा प्रलय आउँछ । छन्दमा एउटा पूर्व निर्धारित संरचनामा लयको निर्माण गरिएको हुन्छ । त्यसैले त्यहाँ लयको खोजी गरिरहनुपर्दैन । अन्त्यमा अनुप्रास मिलाइदिए पुग्छ । जस्तैः सबैभन्दा खुकुलो संरचना भएको झ्याउरे छन्द । जसमा अक्षरहरु ५–५–६को संरचनामा हुन्छन्ः
हातको मैला, सुनको थैला, के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले
– गद्य कविताको हकमा भने लयको निर्माण यति सजिलो छैन । यसको लागि तपाईले व्याकरणका सामान्य नियम तोड्नुपर्छ । वाक्य विन्यास छोड्नुपर्छ । शब्दहरुलाई आवश्यकता अनुरुप मोड्नुपर्छ । जस्तैः खाना खाएर हिंडेपछि भोकै परिंदैन । यो वाक्यमा कुनै लय छैन । तर यसैलाई तपाईले ‘भोकै परिदैन÷खाना खाई हिंडेपछि’ बनाइदिनुभयो भने यसमा लय आउँछ । र, यो अब कविताको गर्भमा जान्छ ।
– त्यसोभए के लयमा राख्नासाथ कविता भइहाल्छ ?
अहं हुँदैन । कवितामा अरु दुई तत्व पनि चाहिन्छन् ती हुन् विम्ब र प्रतिक । जटिल समाजमा सबैथोक, अनुभूती, अवस्था र समय व्यक्त गर्नका लागि शब्दहरु पर्याप्त हुँदैनन् । त्यतिबेला तपाईले पुर्वस्थापित मान्यताहरुको सहारा लिनुपर्छ । तिनै सहाराका लहरा नै विम्ब हुन् । जस्तैः तपाईले अचाक्ली गर्मीलाई जनाउनुपर्दा भन्नुहुन्छः ‘घामले पग्लेर सुर्य निधारबाट तप्प तप्प चुहिरहेथ्यो’ । घाम, निधाबाट चुहिने पसिना सबै पूर्व स्थापित मान्यता हुन् । अब सुर्य नै पग्लिने गर्मी भन्ने विम्बले गर्मीको तापक्रम बढाइदिन्छ । कुकुरले टोकेजस्तो दुखाइ र बाघले चिथोरेजस्तो दुखाइ फरक हुन्छ । यो फरक देखाउन विम्ब चाहिन्छ । अर्कोतर्फ कुनै शब्दले पर्याप्त अर्थ नदिंदा त्यस वस्तुलाई जनाउन प्रयोग गरिने अर्को वस्तु प्रतिक हो । जस्तै गिरिजाप्रसाद कोइरालाले भनेका थिए– सत्ता थोत्रो कुर्सी हो । यो थोत्रो कुर्सी प्रतिक हो जसले सत्ताको कठिनाइ र जिर्ण अवस्था दुवै जनाउँछ । समयक्रममा सामाजिक संरचनाको परिवर्तनसँगै कविहरुले नयाँ–नयाँ विम्ब र प्रतिकहरुको निर्माण गर्छन् ।
– यहींनेर शब्दको अर्थको बदलिंदो स्वरुपबारे पनि स्पष्ट भइहालौं । हरेक शब्दको अर्थ सामाजिक स्वरुपसँगै फेरिंदै जान्छ । जस्तैः वि.सं. १९७३ मा ‘विवाह’ शब्दले दिने अर्थ र वि. संं. २०७३ मा दिने अर्थमा धेरै फरक छ । मेरो अजी (हजुरआमा)को विवाह हुने दिन गाग्री बजाउँदै नाचिरहनुभएको थियो रे । एकजना आएछन्, नानी के गरेको आज त तिम्रो बिहे हो, लौ हिंड भनी लगेछन् । बिहे भयो । खेल खत्तम । तर, अहिले विवाह शब्दले के त्यहीं अर्थ दिन्छ त ? हाम्रा आमाहरुको पालामा विवाह भनेको आमाबाको अगुवाइमा जोडिने सम्झौताको सम्बन्ध थियो । आर्थिक, सामाजिक स्तरको आधारमा विशेषतः बाले मन पराएको केटासँग बिहे गर्नुपर्ने छोरीको कर्तव्य थियो । त्यसैले विवाह शब्दले त्यो समयमा तेस्रो पक्षको निर्देशनमा जोडिने सम्बन्धको अर्थ राख्थ्यो । जहाँ समझदारी कम सम्झौता बढी हुन्थ्यो । पत्नी पतिभक्त हुनु अनिवार्य थियो, पति जस्तै भएपनि । पतिले पत्नि थप्ने प्रतिष्ठाको अधिकार राख्थ्यो । तर, अहिले विवाह शब्दको अर्थ त्यो होइन । अहिले विवाह भनेको केटा र केटीले समझदारीमा निर्माण गर्ने सम्बन्ध हो । यसमा समानताको मात्रा बढी छ । यो त एउटा उदाहरणमात्र हो । शब्दको अर्थ यसरी फेरिंदै जान्छ । तर अर्थमा आएको यो परिवर्तन निरपेक्ष रुपमा शब्दमा मात्र भएको होइन । अघि नै भनें, शब्द भौतिक जगतसँगको अन्तरक्रियाको प्रतिविम्बन हो । त्यसैले शब्दको अर्थमा आउने परिवर्तन सामाजिक संरचना र चिन्तनमा आउने परिवर्तनको परिणाम हो । सामाजिक चिन्तनमा कसरी परिवर्तन आउँछ त ? सरल जवाफ छ द्वन्द्वले । ‘हामीले खोज्देको केटासँग विहे गर्नुपर्छ’ भन्ने बा–आमा र ‘मैले मन पराएकैसँग तिमीहरु जेसुकै गर’ भनेर निहुँ खोज्ने छोरीबिचको द्वन्द्वले विवाह भन्ने संस्थाको पुरानो मान्यता भत्काइदिन्छ । नयाँ बनाउँछ । यहि नै हो समाजको प्रगति । तर विडम्बना ! हामी ‘सोकल्ड’ प्रगतिशीलहरुको एउटा समस्या छ । त्यो हो, हामी सबैभन्दा अप्रगतिशील छौं । किनभने हामी समाजको बदलिंदो चिन्तनलाई पुरानै मान्यताको आँखाबाट हेर्छौं । त्यसरी नै सोंच्छौं । सही र गलत ठिक छुट्टाउने आधार नै त्यहीं बनाउँछौं । समाजको प्रगति नै स्वीकार्न नसक्ने हामी कसरी प्रगतिशील हुन्छौं ? त्यसैले, यदि हामीले प्रगतिशील कविता लेख्ने हो भने अलिकति अराजक हुनैपर्छ । स्थापित मान्यताहरुमाथी प्रश्न उठाउने, निहुँ खोज्ने नगर्ने हो भने कविताको नाममा अत्याचार गर्न बन्द गरे हुन्छ । किनभने त्यस्ता कवितामा प्रगतिशीलताको लेपन होइन भानुभक्तको प्रेत हुन्छ । भानुभक्तले स्थापित गरेको ‘नारी हाँस्नु हुँदैन, हाँसे वेश्या हुनेछन्’ भन्ने चिन्तनले काम गर्छ । विम्ब र प्रतिकको निर्माणमा हामीले हाम्रो विद्रोहलाई ख्याल गर्नुपर्छ ।
– लौ, त्यसोभए अब लय, विम्ब र प्रतिक जोडेपछि कविता बन्छ त ?
म भन्छु, कम्तीमा अर्को एकथोक चाहिन्छ । त्यो हो अतिरञ्जना । जस्तैः राजा पुनियानीको कविता बर्खाको एउटा अंशः
‘बाहिर पानी परेको–परेकै । परेको–परेकै ।
कसरी सक्दछौ बसिरहन तिमी
भित्रको भित्रै गन्ती गर्दै थोपैपछि बित्ने अदेख शताब्दीहरु ?’
यो कवितांशमा हरेक थोपा पानीमा शताब्दी बित्ने अतिरञ्जना गरिएको छ । यस्तो पनि हुन्छ र ? शताब्दी भनेको त एक सय वर्ष हो । अनि कसरी त्यो एक थोपा पानी खस्दा फेरिन्छ ? तर जब हामी बुझ्छौं यहाँ पानी प्रतिक हो । अनि हामी थोपा थोपामा बहने शताब्दी पनि बुझ्छौं । र, यो अतिरञ्जनाले मुटुसम्मै ट्वाक्क हिर्काउँछ । यो नै कविताको शक्ति हो । सायद त्यसैले नै कृष्णज्वाला देवकोटाले कवितालाई पूर्ण भ्रम भनेका हुन् । पूर्ण नै त नभनौं रमरम भनौं । तर यो बिर्सनु हुँदैन, रमरमर भ्रम सिर्जना गरेर सत्यबोध गराउनु नै कविताको सामर्थ्य हो ।
छापाखानाको विकास भएपछि कविताहरु छन्दको पिंजराबाट मुक्त भए । एकातर्फ उपन्यास र कथाको युग शुरु भयो भने अर्कोतर्फ छन्दको पिंजराबाट मुक्त कविताहरुले फरक विषयवस्तु समात्न थाले । दरबारका सामन्तहरुको महिमामण्डन गाउँदागाउँदै भुत्ते भएका कविताहरुले उद्योगका मजदुर, खेतका किसान र सडकका विद्रोहीको आवाज बोल्न थालेपछि कविताको पारम्परिक अनुहार पुरै फेरियो ।

– शब्दको विकाससँगै भाषाको विकास भयो । भाषालाई सहज र सम्प्रेषणीय बनाउन व्याकरणको विकास भयो । तर, कविता सायद त्यो भन्दा पुरानो हो । धेरैजसो इतिहासकार, संस्कृतिविद्, पुरातत्ववेत्ताहरु आमाले नानीहरुलाई सुताउन गाउने लोरी नै शुरुवाती कविताहरु भएको तर्क गर्छन् । त्यो हुनसक्छ । तर, भाषाको सुरुवाती विकासमा लिपी नबनिसकेको अवस्थामा स्मरणमा राख्न पनि मानिसहरुले लयमा राखेर भन्ने बानी पारेहोलान् । प्राचीन ग्रन्थ वेदहरु लय वा छन्दमा छ । वेद आर्यजातीले भारतीय उपमहाद्विपमा सभ्यता निर्माण गर्दैगरेको समयको वर्णन हो । सबैभन्दा पुरानो मानिने ऋग्वेदमा आगो, पानी, सूर्य आदि प्राकृतिक शक्तिहरुको पाइनुले उनीहरुको वास्तविक सभ्यतायात्रा यहीं भूमिबाट भएको आकलन गर्न सकिन्छ । उनीहरु आउँदा नै नागर सभ्यतामा प्रवेश गरिसकेका नाग, गन्धर्व, द्रविणहरुसँगको संसर्गबाट उनीहरुले धेरै सिकेका हुनसक्छन् । प्राचीन सभ्यताको इतिहासमा रुची हुने साथीहरुको लागि यो भूगोलको ज्ञान पाउन डिडी कोसाम्बी, देवीप्रसाद चट्टोपध्याय, अमृतपाद डाँगे, काशीनाथ राजबाडे, रोमिला थापर, आचार्य चतुरसेन लगायतका इतिहासकारहरुको पुस्तकहरु उपयोगी छन् । कम्तिमा राहुल सांकृत्यायानको कथा संग्रह ‘भोल्गादेखि गंगासम्म’ पढ्नैपर्छ भन्छु म । आचार्य चतुरसेनको उपन्यास ‘वयं रक्षामः’ पनि निकै गज्जबको छ यो सन्दर्भमा । नेपालका भाषाशास्त्री बालकृष्ण पोखरेलको पुस्तक ‘खस जातीको इतिहास’ भाषा र समाजको अन्तरसम्बन्ध र त्यसको विकास बुझाउने निकै–निकै गजबको पुस्तक हो भन्ने मलाई लाग्छ । तर, विडम्बना पहिलो प्रकाशन लेखक स्वंयले प्रकाशित गरेको भए पनि त्यस पछाडि यो महत्वपूर्ण ग्रन्थ प्रकाशन हुन सकेको छैन । तपाईहरुले उपनिषद्हरु हेर्नुभयो भने छक्क पर्नुहुनेछ, त्यहाँ निकै लामा लामा श्लोकहरु विना अर्थका छन् । हिजोमात्रै एक जना विद्वानले मलाई भाषाको विकाससँग जोडेर ती विना अर्थका शब्दको अर्थ लगाउनुभयो । वेदभन्दा नयाँ मानिने उपनिषद्हरुका श्लोकहरुमा भएका जटिल शब्दहरु जस्तै ऋ, ण आदिले वेदकालीन समयभन्दा पछि पनि मानिसहरुमा स्वर वर्णको विकास हुँदै गएको देखाउँछ भन्ने मेरो प्रारम्भिक अनुमान छ । हुन त यसबारेमा धेरै खोज, अनुसन्धान भएकोहोलान् मलाई त्यसबारे ज्ञान छैन । तर यति भन्छु, लयमा भन्दा छिटो स्मरणमा आउने भएकाले छन्दको विकास भयो । कविताले माथिल्लो उचाई लिंदै गयो ।शब्दको विकाससँगै भाषाको विकास भयो । भाषालाई सहज र सम्प्रेषणीय बनाउन व्याकरणको विकास भयो । तर, कविता सायद त्यो भन्दा पुरानो हो । धेरैजसो इतिहासकार, संस्कृतिविद्, पुरातत्ववेत्ताहरु आमाले नानीहरुलाई सुताउन गाउने लोरी नै शुरुवाती कविताहरु भएको तर्क गर्छन् ।
– समाजको विकासक्रमसँगै कागज र मसीको विकास भयो । जसले लिपीको विकासलाई ठूलो आड दियो भने कवितालाई अझ माथिल्लो उचाईंमा पुर्याउन पनि सघाउ पुर्यायो । तर, कागज, मसी र कलम बने पनि लेखन निकै महंगो वा जटिल थियो । त्यसैले आम जनमानसले कागज, कलमको जोहो गर्न सक्दैनथ्यो र उसँग लिपीको ज्ञान पनि हुँदैनथ्यो । नेपालको इतिहास हेर्ने हो भने त सात सालपछि मात्र नेपालमा लिपीको ज्ञान सर्वव्यापी हुन थालेको हो । कलम र कागज कति दुर्लभ थियो भन्ने त हाम्रै आमा पुस्ताको अनुभवबाट पनि थाहा हुन्छ । बनारसमा छापाखाना हुँदा पनि नेपालमा किताबहरु सहज थिएनन् भने संसारमै छापाखानाको विकास नहुँदै कागज र मसीले मात्र आजको जस्तो पुस्तकको आवश्यकता पुरा गर्न सक्दैनथे । त्यसैले मानिसहरुले श्रुति परम्पराबाटै शिक्षा ग्रहण गर्ने, सूचना प्रवाह गर्ने गर्नुप¥यो । श्रुति परम्पराका लागि लयको आवश्यकता महत्वपूर्ण हुन्छ । लयलाई एकैनासको बनाउन छन्दको आविष्कार भएको हो । त्यसैले हरेक प्राचीन भाषामा छन्दको उपस्थिती पाइन्छ ।
– दास समाजमा पुस्तकको विकास भयो, सामन्तवादी समाजसम्म आईपुग्दा अतिरिक्त उत्पादन पनि निकै बढिसकेको थियो । त्यसैले सामन्तहरुले आफ्नो वरिपरि कविहरु राखेर आफ्नो महिमागान वा प्रशस्ती लेखाइ प्रचार गर्न सक्ने भए । राजा अकबरको दरबारमा भएका नौ रत्नमध्ये कवि र गायक पनि थिए । महाकाव्यहरुको जन्म त्यतिबेला नै भएको हो । तर, कविहरुले त्यसलाई केवल महिमागानको साधन बनाएनन् । संस्कृतका कालीदासले ‘शाकुन्तल’मा लेखेको प्रेमकथा वा नेवार समुदायमा रहेको सितलामाईको गीत तत्कालीन सामाजिक संरचनाप्रति कविको विद्रोही स्वरको उदाहरण हो । व्यापार व्यवसायमा लागेकाले होला प्रशियालीहरुको संस्कृतिमा प्रेमविनोदको उपस्थिति बढी छ । संगीतको विकासमा पनि उनीहरुको निकै ठूलो भूमिका छ । टन्न गरगहना, जवाहरात र सम्पत्ति भएकाले उनीहरुको ध्यान बढीजसो कलामा गयो । त्यसैले फारसी दरबारको गर्भबाट गजलको जन्म भयो । धेरै सोंच्न नभ्याउने, ट्याक्क टुक्क मिलाएर ठ्वाक्क भनिहाल्नुपर्ने बाध्यतामा भएका नेपाली किसानहरुको ठाडो असारे भाका पनि परिस्थितीकै परिणाम हो । त्यसमा सामाजिक सम्बन्ध र आर्थिक हैसियतले निकै भूमिका खेल्छ । जस्तै चर्चित असारे गीत छ नीः
‘असारेमास दबदबे हिलो छुनलाई घिन लायो
पातली नानीलाई फरिया किन्दा दुई बीसे रिन लायो’
यो दुई पंक्तिमा असारे हिलोमा बाली लगाउने जीवन, त्यति नै बेला मिल्ने जोवन र जोवनको सम्बन्धलाई गाढा बनाउन ऋण हाल्नुपर्ने परिस्थिती समेटिएको छ । ‘दुई बीसे’ भन्ने शब्दावलीले मानिसहरुमा भएको अशिक्षा पनि जनाउँछ । प्रष्टै छ, यी पंक्तिहरु गजलको शेरजस्तो एउटा निश्चित बुनोटमा बाँधिएर सिंगारिएको छैन । खेतमा रोप्दारोप्दै चट्ट भनेर झट्ट प्रभाव जमाइहाल्नुपरेको बेला कहाँ काफिया र रदिफ खोज्न जानु ? त्यसैले पनि नेपाली साहित्यमा शास्त्रीय छन्दहरु सम्भ्रान्त वा गाउँका पण्डितहरुको खेलो बनिरह्यो भने निकै सरल बुनोटको छन्दमात्रै आमजनतामा लोकप्रिय भयो । जसलाई हेपेर सम्भ्रान्तहरुले झ्याउरे भनिदिए । लक्ष्मीप्रसाद देवकोटाले यही झ्याउरे भन्ने झर्रोमै मुनामदनजस्तो सशक्त काव्य सिर्जना गरिदिए । मुनामदनको शक्ति झ्याउरे हो भने झ्याउरेको प्रयोगले शास्त्रीय पण्डितहरुको शार्दुलविक्रीडित, अनुष्टुप, शिखरिणी लगायतका अनेकन् छन्द ओझेलमा पर्नु देवकोटाको शक्ति हो ।
– छरितो ढंगले मिलेको बान्कीमा चट्ट बसेर, एकै वाचन वा श्रवणमा मनमुटुसम्म आल्हादित गराउने शब्दहरुको सुन्दर मेल नै कविता हो ।
– छापाखानाको विकास भएपछि कविताहरु छन्दको पिंजराबाट मुक्त भए । एकातर्फ उपन्यास र कथाको युग शुरु भयो भने अर्कोतर्फ छन्दको पिंजराबाट मुक्त कविताहरुले फरक विषयवस्तु समात्न थाले । दरबारका सामन्तहरुको महिमामण्डन गाउँदागाउँदै भुत्ते भएका कविताहरुले उद्योगका मजदुर, खेतका किसान र सडकका विद्रोहीको आवाज बोल्न थालेपछि कविताको पारम्परिक अनुहार पुरै फेरियो ।
– तर, छन्दको वर्षौं पुृरानो पिंजरा तोडेर मुक्त आकारका गद्य (छन्द बाहेक अरु कविता नै होइनन् भन्नेहरुको भाषामा– गँड्यौला’ कविताहरु बन्दा जोखिमहरुको सिर्जना भयो । तीमध्ये सबैभन्दा ठूलो जोखिम थियो– कविता कविता नहुने खतरा । अघि नै भनें कविताको प्राण भनेको त्यसको लय हो । त्यो लयले मानिसलाई छुन्छ । लय बिनाको कविता कविता नै हुँदैन । लय नभएपछि कवितामा प्रलय आउँछ । छन्दमा एउटा पूर्व निर्धारित संरचनामा लयको निर्माण गरिएको हुन्छ । त्यसैले त्यहाँ लयको खोजी गरिरहनुपर्दैन । अन्त्यमा अनुप्रास मिलाइदिए पुग्छ । जस्तैः सबैभन्दा खुकुलो संरचना भएको झ्याउरे छन्द । जसमा अक्षरहरु ५–५–६को संरचनामा हुन्छन्ः
हातको मैला, सुनको थैला, के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले
– गद्य कविताको हकमा भने लयको निर्माण यति सजिलो छैन । यसको लागि तपाईले व्याकरणका सामान्य नियम तोड्नुपर्छ । वाक्य विन्यास छोड्नुपर्छ । शब्दहरुलाई आवश्यकता अनुरुप मोड्नुपर्छ । जस्तैः खाना खाएर हिंडेपछि भोकै परिंदैन । यो वाक्यमा कुनै लय छैन । तर यसैलाई तपाईले ‘भोकै परिदैन÷खाना खाई हिंडेपछि’ बनाइदिनुभयो भने यसमा लय आउँछ । र, यो अब कविताको गर्भमा जान्छ ।
– त्यसोभए के लयमा राख्नासाथ कविता भइहाल्छ ?
अहं हुँदैन । कवितामा अरु दुई तत्व पनि चाहिन्छन् ती हुन् विम्ब र प्रतिक । जटिल समाजमा सबैथोक, अनुभूती, अवस्था र समय व्यक्त गर्नका लागि शब्दहरु पर्याप्त हुँदैनन् । त्यतिबेला तपाईले पुर्वस्थापित मान्यताहरुको सहारा लिनुपर्छ । तिनै सहाराका लहरा नै विम्ब हुन् । जस्तैः तपाईले अचाक्ली गर्मीलाई जनाउनुपर्दा भन्नुहुन्छः ‘घामले पग्लेर सुर्य निधारबाट तप्प तप्प चुहिरहेथ्यो’ । घाम, निधाबाट चुहिने पसिना सबै पूर्व स्थापित मान्यता हुन् । अब सुर्य नै पग्लिने गर्मी भन्ने विम्बले गर्मीको तापक्रम बढाइदिन्छ । कुकुरले टोकेजस्तो दुखाइ र बाघले चिथोरेजस्तो दुखाइ फरक हुन्छ । यो फरक देखाउन विम्ब चाहिन्छ । अर्कोतर्फ कुनै शब्दले पर्याप्त अर्थ नदिंदा त्यस वस्तुलाई जनाउन प्रयोग गरिने अर्को वस्तु प्रतिक हो । जस्तै गिरिजाप्रसाद कोइरालाले भनेका थिए– सत्ता थोत्रो कुर्सी हो । यो थोत्रो कुर्सी प्रतिक हो जसले सत्ताको कठिनाइ र जिर्ण अवस्था दुवै जनाउँछ । समयक्रममा सामाजिक संरचनाको परिवर्तनसँगै कविहरुले नयाँ–नयाँ विम्ब र प्रतिकहरुको निर्माण गर्छन् ।
– यहींनेर शब्दको अर्थको बदलिंदो स्वरुपबारे पनि स्पष्ट भइहालौं । हरेक शब्दको अर्थ सामाजिक स्वरुपसँगै फेरिंदै जान्छ । जस्तैः वि.सं. १९७३ मा ‘विवाह’ शब्दले दिने अर्थ र वि. संं. २०७३ मा दिने अर्थमा धेरै फरक छ । मेरो अजी (हजुरआमा)को विवाह हुने दिन गाग्री बजाउँदै नाचिरहनुभएको थियो रे । एकजना आएछन्, नानी के गरेको आज त तिम्रो बिहे हो, लौ हिंड भनी लगेछन् । बिहे भयो । खेल खत्तम । तर, अहिले विवाह शब्दले के त्यहीं अर्थ दिन्छ त ? हाम्रा आमाहरुको पालामा विवाह भनेको आमाबाको अगुवाइमा जोडिने सम्झौताको सम्बन्ध थियो । आर्थिक, सामाजिक स्तरको आधारमा विशेषतः बाले मन पराएको केटासँग बिहे गर्नुपर्ने छोरीको कर्तव्य थियो । त्यसैले विवाह शब्दले त्यो समयमा तेस्रो पक्षको निर्देशनमा जोडिने सम्बन्धको अर्थ राख्थ्यो । जहाँ समझदारी कम सम्झौता बढी हुन्थ्यो । पत्नी पतिभक्त हुनु अनिवार्य थियो, पति जस्तै भएपनि । पतिले पत्नि थप्ने प्रतिष्ठाको अधिकार राख्थ्यो । तर, अहिले विवाह शब्दको अर्थ त्यो होइन । अहिले विवाह भनेको केटा र केटीले समझदारीमा निर्माण गर्ने सम्बन्ध हो । यसमा समानताको मात्रा बढी छ । यो त एउटा उदाहरणमात्र हो । शब्दको अर्थ यसरी फेरिंदै जान्छ । तर अर्थमा आएको यो परिवर्तन निरपेक्ष रुपमा शब्दमा मात्र भएको होइन । अघि नै भनें, शब्द भौतिक जगतसँगको अन्तरक्रियाको प्रतिविम्बन हो । त्यसैले शब्दको अर्थमा आउने परिवर्तन सामाजिक संरचना र चिन्तनमा आउने परिवर्तनको परिणाम हो । सामाजिक चिन्तनमा कसरी परिवर्तन आउँछ त ? सरल जवाफ छ द्वन्द्वले । ‘हामीले खोज्देको केटासँग विहे गर्नुपर्छ’ भन्ने बा–आमा र ‘मैले मन पराएकैसँग तिमीहरु जेसुकै गर’ भनेर निहुँ खोज्ने छोरीबिचको द्वन्द्वले विवाह भन्ने संस्थाको पुरानो मान्यता भत्काइदिन्छ । नयाँ बनाउँछ । यहि नै हो समाजको प्रगति । तर विडम्बना ! हामी ‘सोकल्ड’ प्रगतिशीलहरुको एउटा समस्या छ । त्यो हो, हामी सबैभन्दा अप्रगतिशील छौं । किनभने हामी समाजको बदलिंदो चिन्तनलाई पुरानै मान्यताको आँखाबाट हेर्छौं । त्यसरी नै सोंच्छौं । सही र गलत ठिक छुट्टाउने आधार नै त्यहीं बनाउँछौं । समाजको प्रगति नै स्वीकार्न नसक्ने हामी कसरी प्रगतिशील हुन्छौं ? त्यसैले, यदि हामीले प्रगतिशील कविता लेख्ने हो भने अलिकति अराजक हुनैपर्छ । स्थापित मान्यताहरुमाथी प्रश्न उठाउने, निहुँ खोज्ने नगर्ने हो भने कविताको नाममा अत्याचार गर्न बन्द गरे हुन्छ । किनभने त्यस्ता कवितामा प्रगतिशीलताको लेपन होइन भानुभक्तको प्रेत हुन्छ । भानुभक्तले स्थापित गरेको ‘नारी हाँस्नु हुँदैन, हाँसे वेश्या हुनेछन्’ भन्ने चिन्तनले काम गर्छ । विम्ब र प्रतिकको निर्माणमा हामीले हाम्रो विद्रोहलाई ख्याल गर्नुपर्छ ।
– लौ, त्यसोभए अब लय, विम्ब र प्रतिक जोडेपछि कविता बन्छ त ?
म भन्छु, कम्तीमा अर्को एकथोक चाहिन्छ । त्यो हो अतिरञ्जना । जस्तैः राजा पुनियानीको कविता बर्खाको एउटा अंशः
‘बाहिर पानी परेको–परेकै । परेको–परेकै ।
कसरी सक्दछौ बसिरहन तिमी
भित्रको भित्रै गन्ती गर्दै थोपैपछि बित्ने अदेख शताब्दीहरु ?’
यो कवितांशमा हरेक थोपा पानीमा शताब्दी बित्ने अतिरञ्जना गरिएको छ । यस्तो पनि हुन्छ र ? शताब्दी भनेको त एक सय वर्ष हो । अनि कसरी त्यो एक थोपा पानी खस्दा फेरिन्छ ? तर जब हामी बुझ्छौं यहाँ पानी प्रतिक हो । अनि हामी थोपा थोपामा बहने शताब्दी पनि बुझ्छौं । र, यो अतिरञ्जनाले मुटुसम्मै ट्वाक्क हिर्काउँछ । यो नै कविताको शक्ति हो । सायद त्यसैले नै कृष्णज्वाला देवकोटाले कवितालाई पूर्ण भ्रम भनेका हुन् । पूर्ण नै त नभनौं रमरम भनौं । तर यो बिर्सनु हुँदैन, रमरमर भ्रम सिर्जना गरेर सत्यबोध गराउनु नै कविताको सामर्थ्य हो ।
Comments
Post a Comment