दशैं विशेष/साहित्य/ कथाः युवतीकाे डायरी



                                                                                                               शायन

 

Related image
तस्वीरः गुगल
फेरि एकपटक दशैं आएको छ । वर्षाले भिजेको माटो सुकेर नयाँ गन्ध दिँदैछ । गाउँमा पिङ पनि राखेको छ । यो गोधुली सन्ध्यामा झ्यालबाट पारी क्षितिज हेरेर म टोलाइरहेकी छु । चड्डा उडाइरहेका केटाकेटीका आवाजहरुले बेला–बेलामा मेरो मनको तरंगलाई अल्मलाइदिन्छ । दशैंको यो उदासिलो यामले मेरो मुटु अझै गह्रौ तुल्याइदिन्छ ।

घामले सुकाएको हिलोको गन्ध सुंध्दै बाख्रा चराउने नाममा पारीकाे गाेरेटाेमा उसकै अाकृतिकाे भ्रमले म पटक–पटक छट्पटिए । तीन–तीन वर्षको बिछोडपछि उसकाे स्वागत कसरी गर्ने होला ? 

आज पनि डायरी लेख्दैछु, त्यो पनि दशैंलाई समेटेर । पोख्न मिल्ने भएइ जीवन एक मुठ्ठी यिनै पानाहरुमा पोखिदिन्थें । जिन्दगीको रंगले एउटा अमूर्त चित्र म पनि कोरिदिन्थें । हो, दशैं आएको छ, हरेक वर्ष आएजस्तै, एउटा नियमितता बनेर, प्रचलन र बानी बनेर । रम्छन् होला कोही दशैंको नाममा । केटाकेटीहरु औंला भाँची भाँची दशैं आउने र रमाउने दिन गन्दै होलान् । के थाहा उनीहरुलाई दशैं रमाइलो बनेर आउँछ कि पीडा बनेर ? खुशी बनेर आउँछ कि आँसु बनेर ? हामी जस्ता दुखियालाई खुशी हुन के चाड नै आउनुपर्ने हो र ? एक जोर लुगा फेर्न पनि दशैंको बहाना चाहिनेलाई के आशा रंगीन सपनाहरुको ? फूल फुलेको र बसन्त छाएको....
तर सपना त एकपटक मैले पनि देखेकीं थिएँ । जीवनमा बसन्त आउने आशा मेरो पनि मुटुभरी भरिएको थियो । पखेटा नहुनेहरुले आकाश छुने कल्पना गर्न नहुँदो रहेछ । पखेटा नभएको यथार्थ बिर्सेर उडन खोजेछु क्यार थचारिए बेस्सरी । त्यहीं पीडा भोगिरहेछु । हो.....हरेक दशैं मुटुमा शुल रोपेर बिताइरहेछु ।

साँच्चै, मोजमज्जा, रमाइलो र काम नगरी खाने चाहना मेरो थिएन । उसको पनि त्यस्तो सपना थिएन । मैले नजाउँ त भनेकै थिए । मेरो लागि तिमी नै संसार हो । भो पुग्यो, दिनदिनै देख्न पाउनु, तिम्रो स्पर्शले भरिन पाउनु नै मेरो सुख हो, मलाई क्षमता भन्दा परका रंगीन सपना चाहिन्न भनेकै थिए । कहाँ नेर अल्झेछु कुन्नि । उसले सपनाहरुको एउटा संसार बसाल्यो । साहुको ऋण तिरेको, सानो एउटा घर बनाएको, राम्रै भोज गरेर हाम्रो बिहे भएको, केटाकेटीलाई राम्रो स्कुल पढाएको यस्तै–यस्तै के–के–के–के.....। अन्जानमै अल्झेछु म पनि त्यो सपनाको जालोमा......।

लजाउँदै–लजाउँदै मेरा लागि के ल्याइयौ भनेर सोध्दा र म सिंगै आएको छु भन्ने उत्तर सुन्न कति प्रतिक्षारत थिए । तर मेरा सारा चाहनाहरु सिसाझैं झ्यारम–झुरुम भएर फुट्यो । त्यो दिनदेखि म आधा मरेर बाँचेकी छु ।

मुटु गाँठो पारेर बिदाई गरेको रात आँसुले कति भिज्यो सिरानी । कि त्यो मलाई थाहा छ कि त सिरानीलाई नै । तै पनि सपना संगालेर दिन कुरिरहेकी थिए । लाग्थ्यो, आउँछ त्यो दिन, हाम्रो सपना विपनामा फेरिएको दिन......। बन्द खामभित्र मेरै नाममा आएको उसको चिठ्ठी फुकाउँदा खुशीले मेरो खुट्टा भुईंमा थिएन ।


Image result for गाेरेटाे
तस्वीर गुगल
त्यसपछि दशैंको दिन हेर्दै कतिपल्ट मैले क्यालेण्डर गरे पनि मन त खुशी नै थियो । घामले सुकाएको हिलोको गन्ध सुंध्दै बाख्रा चराउने नाममा पारीकाे गाेरेटाेमा उसकै अाकृतिकाे भ्रमले म पटक–पटक छट्पटिए । तीन–तीन वर्षको बिछोडपछि उसकाे स्वागत कसरी गर्ने होला ? मोटाए होला कि उस्तै होला ? त्यो ठट्टा गर्ने बानी, पछाडिबाट आएर आँखा छोप्दिने बानी हट्यो कि उस्तै होला ? ओहो ! कत्ति कत्ति प्रश्न थिए उसका लागि मेरो मनमा, मेरो हृदयमा ।

लजाउँदै–लजाउँदै मेरा लागि के ल्याइयौ भनेर सोध्दा र म सिंगै आएको छु भन्ने उत्तर सुन्न कति प्रतिक्षारत थिए । तर मेरा सारा चाहनाहरु सिसाझैं झ्यारम–झुरुम भएर फुट्यो । त्यो दिनदेखि म आधा मरेर बाँचेकी छु । आफूसँगै मुर्दा लिएर हिंडेकी छु । आखिर मनमा बोकेको मेरै मान्छे मेशिनले च्यापेको खबर सुनेर के म मात्र च्यापिएन हुँला र ? त्यो दिनदेखि हरेक दशैं मेरा लागि बिरानो बनेर आउँछन् । रमाइलो बनेर हैन, एउटा शूल बनेर आउँछन् ।

मन मरिसक्यो, बाँच्ने यहाँ जिउँदै मरेको छु । हो, मृत्यु सजिलै स्वीकार्न नसकिने एउटा यथार्थ हो । अहिले पनि दशैंमा गुण्टा र सुटकेश बोकेर, मायालु र घरको नाममा पाहुर बोकेर मेरो घर माथिको गोरेटोबाट लस्कर गएकै देख्छु । अझै पनि त्यो लस्कर देख्दा, त्यहिं लस्करकै बीचमा ऊ भेट्छु कनि भन्ने झिनो आशा लिन्छु । त्यतिबेला मेरो मनमा एउटा प्रश्न आईदिन्छु के सानो घर र सुखी परिवारको कल्पना हाम्रो निम्ति अभिशाप हो ? आखिर कैलेसम्म हाम्रा सपनाहरु विदेशी मेशिनमा च्यापिनुपर्ने हो ?

गोधुँली साँझ, परको क्षितिज हेर्दा, फेरि पनि यो प्रश्न मेरो मनमा दोहोरिरहेछ ।



Comments