रामचन्द्र श्रेष्ठ
गाडी मालिकले कमिसनको बलमा धेरै नाफा कमाउन चालक, सहचालकलाई दबाब सिर्जना गरिरहेको हुन्छ । गाडीको आम्दानीसँग कमिसन सम्बन्धित हुन्छ । त्यसैले बढी आम्दानी र नाफाको लागि तीव्र गतिमा गाडी हाक्नु बाध्यता बनिदिन्छ ।
(श्रेष्ठकाे याे लेख सुरक्षित यात्रा नेपाल, बुटवलबाट प्रकाशित ‘सुरक्षित यात्रा– सचेतना पुस्तिका २०७४’मा प्रकाशित भएकाे हाे । देशमा सडक दुर्घटना बढिरहेकाे याे बेला सडक दुर्घटनाका विभिन्न आयामहरूबारे छलफल हाेस् भन्ने हेतुले भलाकुसारीकाे पाठककाे लागि साभार गरिएकाे छ ।— भलाकुसारी टीम)
के सडक दुर्घटनाको सामाजिक आयाम हुन्छ ? प्रायः व्यक्तिगत वा साधनको कारण दुर्घटना भएको ठानिने सडक दुर्घटनाबारे जति बहुआयामिक पक्षबाट अध्ययन गर्नुपर्ने हो त्यति भएकै छैन
। हुनत हामीलाई सडक “दुर्घटना”मात्र हुन्छ । दुर्घटना त आखिर भवितव्य न हो । नियति कै कारण । अनि हाम्रो यात्रा सँधै ‘पशुपतिनाथले रक्षा’ गर्छन् । हामी हाम्रो सफल यात्राको सबै जिम्मा उनै पशुपतिनाथलाई सुम्पन्छौ तर कहिल्यै गम्भीर भएर विमर्श गर्दैनौं । के सबै सडक घटना/दुर्घटना भवितव्य नै हुन् ? यस आलेखमा सडक दुर्घटनाका सामाजिक पक्षबारे विमर्श गर्ने चेष्टा गरिएको छ ।
यातायात वा सडक यात्रा व्यक्तिद्वारा हुन्छ । समाजशास्त्रको आँखामा व्यक्ति सामाजिक प्राणी हो । मानिस निश्चित सामाजिक संरचनाको परिधिभित्र बाँच्दछ र एक–अर्कासँग अन्तरक्रियारत हुन्छ । मान्छेको हरेक क्रियाकलाप उ बाँचेको समाजको संरचना, ग्रहण गरेको संस्कार, आनीबानी, संस्कृति, विश्वास आदिबाट निर्धारित भईरहेको हुन्छ । हामीलाई स्वाभाविक लाग्ने होस् वा असामान्य जुन सुकै व्यवहारको पछाडि सामाजिक कारणहरूको जेलिएको संरचना हुन्छ ।
व्यक्तिको सामाजिक स्थिति समाजको संरचनासँगै बदलिन्छ । हिजो इञ्जिन यातायात नफस्टाएको समाजको मानिस र आजको मानिस एउटै होइन । यातायात सञ्जालको विस्तारसँगै, शहरीकरणसँगै एउटा बेग्लै सामाजिक मनोविज्ञान निर्माण भइसकेको छ । निजी सवारीसाधनलाई प्रश्रय दिइन थालेपछि मानिसलाई मुल्यांकन गर्ने दृष्टिकोण फरक बनिसकेको छ । यद्दपीसवारीसाधन कम्पनीहरूको व्यापक प्रचारबाजीले पनि भूमिका खेलेको हो । तर यसलाई हामी अझै खोतल्दै गयौं भने विश्वव्यापीकरणसँग पनि ठोकिन्छौं । अहिलेलाई यो प्रसंग यति नै । शहरीकरणले सवारीसाधनबारे सामाजिक मनोविज्ञानको निर्माण गरेको छ जुन मनोविज्ञानले व्यक्तिलाई असर गरिरहेको छ ।
यातायातका तीनवटा पक्षहरू हुन्छन् । एक, कर्ता–चालक, दुई साधन–मोटर र तेस्रो माध्यम–
सडक । यी तीनवटै पक्षहरूबारे छुट्टाछुट्ट विवेचना गर्नु जरुरी हुन्छ ।
चालक
यातायातको कर्ता हो चालक । व्यक्तिले सडकमा सवारीसाधन हाँक्छ । तर त्यो व्यक्ति
समाजको उत्पादन हो । चालकले सवारीसाधन हाँकिरहेको मात्र हुँदैन । उसले आफू जस्तै अर्को चालकसँग, सडक निर्माण गर्ने ठेकेदारसँग, सडक विभागसँग, पैदल यात्रीसँग, सवारी साधनको लागि लगानी गरिदिने बैंक वा वित्तिय संस्थासँग लगायतका कैयन् पक्षसँग अन्तरक्रिया गरिरहेको हुन्छ । त्यसैले चालक स्टेरिङ्ग वा हेन्डल समातिरहेको व्यक्तिमात्र होइन त्यो एउटा निश्चित
सामाजिक परिधि (सोसल स्फेयर)भित्रको जिउँदो प्राणी हो । चालकसँग जोडिएका केही
सामाजिक पक्ष निम्न हुनसक्छन्ः—
गतिको मनोविज्ञान
दुर्घटनासँग प्रायः गाँसिएर आउने विषय हो तीव्र गति । तीव्र गतिकै कारण कैयन् दुर्घटनाहरू भएका छन् । भनौन अधिक मोटरसाइकल दुर्घटनाका कारण तीव्र गति नै हुने गर्छ । तर तीव्र गति समाजको उत्पादन हो । विशेष गरेर युवा पुस्तामा । शहरीकरणले सिर्जना गरेको छ गतिको मनोविज्ञान । गति युवाको पुरुषार्थसँग गाँसिदिएको छ । तीव्र गति अब एडभेन्चर र स्मार्ट बन्ने माध्यम बनेको छ । तीव्र गति नरुचाउने र गतिको रिस्कसँग नखेल्ने नामर्द हो । जति तीव्र गति त्यति स्मार्ट, त्यति बहादुर र त्यत्तिनै अरुप्रति आफ्नो आकर्षण वृद्धि गर्ने सम्भावना । गतिको यो मनोविज्ञान प्रतिस्पर्धालाई जोड दिने बजार अर्थतन्त्रको उपज पनि हो । कोही भन्दा कम नबन्ने मानसिकता सडकमा गति बनेर पोखिन्छ । फलस्वरुप आफु अगाडिका सबै गाडीलाई जित्नै पर्ने मनोविज्ञान सिर्जना हुन्छ । यसरी गतिको मनोविज्ञान दुर्घटनाको कारण बनिरहेको छ । जुन मनोविज्ञान प्रतिस्पर्धालाई जोड दिने समाजको उपज हो ।एकातर्फ गाडीबाट हुने आम्दानीले घर खर्च चलाउनु, छोराछोरीको शिक्षा, स्वास्थ्य आदिमा खर्च गर्नु र अर्कोतर्फ नियमित ठूलो राशीको किस्ता बुझाउनु । फेरि सवारीसाधन धनी हुनु भनेको समाजमा बेग्लै हैसियत हुनु हो । त्यो हैसियत बिना पैसा कायम रहन सक्दैन । यी आर्थिक दबाबले सवारीसाधन धनीलाई छिटो अकुत नाफा जम्मा गर्न बाध्य पार्दछ । उसले गाडीको नियमित मर्मतसम्भारमा पैसा खर्च गर्न कञ्जुस्याई गर्दछ । धेरै नाफाको लागि ट्राफिक नियम उल्लंघन गरिन्छ र रिस्कसँग खेल्न प्रोत्साहन गरिन्छ ।
लैङ्गिक विभेदको मानसिकता
चालक सामाजिक संरचना र सामाजिक मनोविज्ञानले निर्मित प्राणी हो । पुरुषप्रधानसमाजमा घरबाहिरको काम पुरुषको हो । महिलाको काम भान्सा र बेडरुममा सीमित हुनुपर्छ । बलको, बुद्धिको, चलाखीको काम त पुरुषको हो । त्यस्तै सवारी साधन हाक्ने काम पनि पुरुषको हो । जब कोही महिला सवारी साधन हाक्न थाल्छन् पुरुषवादी मानसिकताको लागि त्यो अपराध बनिदिन्छ । त्यसमाथि महिला चालकले गतिमा जित्छिन् भने त त्यो झनै हाँक, धम्की ठहरिन्छ । त्यसैले सडकमा महिला चालकप्रति पुरुष चालको व्यवहार प्रतिस्पर्धात्मक र विभेदपूर्ण हुन्छ । यो मानसिकताले पुरुष चालकलाई महिला चालकलाई साइड नछाड्ने, अनावश्यक हर्न बजाएर डिस्टर्ब गर्ने, गति बढाएर उछिन्ने तर्फ उद्वेलित गर्दछ जसका कारण पनि कैयन् दुर्घटनाहरू भएका छन् ।
पारिवारीक तनाव र पेशाप्रतिको आम धारणा
लामो दुरीको सवारीसाधन हाक्ने, मालवाहक गाडी चलाउने चालकहरू परिवारबाट टाढा हुन्छन् जसले गर्दा परिवारका सदस्यसँग उनीहरूको सम्बन्ध तनावपूर्ण हुनसक्छ । परिवारलाईसमय दिन नपाइरहेको तनावले उनीहरूलाई सवारी साधन हाक्ने बेलामा अनेक सोचाईको निर्माण गरिदिन्छ । त्यस्तै न्युन आय र पेशाप्रति आम मानिसको हेयभावले पनि तनाव सिर्जना गरिदिन्छ। चालकको हातमा स्टेरिङमात्र हुँदैन कैयौ मानिसको जीवन हुन्छ । तर आम्दानीको आँखाबाट पेशाको तुलना गर्ने समाजमा चालकहरूलाई हेयको दृष्टिले हेरिदाँ तनाव सिर्जना गरिरहेको हुन्छ। स्वाभाविक हो तनावमा गाडी हाक्नु जोखिम बाहेक अरु होइन ।नाफाको मानसिकता
प्रायः चालकको नियमित आम्दानी एकथरी र कमिसन अलि बढी हुन्छ । गाडी मालिकले नियमित आम्दानी कम र कमिसन बढी गराउँछ । गाडी मालिकले कमिसनको बलमा धेरै नाफा कमाउन चालक, सहचालकलाई दबाब सिर्जना गरिरहेको हुन्छ । गाडीको आम्दानीसँग कमिसनसम्बन्धित हुन्छ । त्यसैले बढी आम्दानी र नाफाको लागि तीव्र गतिमा गाडी हाक्नु बाध्यता बनिदिन्छ । माइक्रो बसहरूका लागि यात्री केबल यात्री होइनन् ती त नोट हुन् । पैसा हुन् । त्यसैले धेरैभन्दा धेरै नाफा कमाउने बाध्यताले पनि दुर्घटना निम्ताइरहेको हुन्छ ।
तीव्र गति सडक दुर्घटनाकाे प्रमुख कारण हाे तर गतिकाे कारण सामाजिक हाे । तस्वीरः गुगल |
जीवनशैली र नागरिक चेतना
प्रायः चालकहरूको जीवनशैली अनियमित छ । अनियमित जीवनशैली अनेक रोग र तनावको कारण बन्छ । त्यस्तै आम सर्वसाधारणमा जस्तै चालकहरूमा पनि नागरिक चेतनामा कमी छ । जसको कारण ट्राफिक नियम मिच्नु, सार्वजनिक सम्पत्तिको सुरक्षामा ध्यान नदिनु, लापरवाही गर्नु सामान्य बन्छ । रक्सी पिएर सवारीसाधन चलाउनु नागरिक चेतनाको कमी र अनियमित जीवनशैली दुवै हो । निजी सवारीसाधन हाक्ने चालकहरूमा रक्सी पिएर साधन हाक्नु एकखालको अभिमान र स्मार्ट बन्नु हो भन्ने मानसिकता पनि छ । रातीसम्म डिस्को, पार्टी र दोहोरी साँझमा झुमेर रक्सीले मातेर जथाभावी साधन हाक्दाँ स्मार्ट भएको महसुस गर्ने मानसिकता पनि दुर्घटनाको कारण हो ।सवारीसाधन
सवारीसाधन निर्जीव वस्तु हो । तर यो साधन हो । सवारीसाधनसँग जोडिएका कैयन् पक्षहरूको पछाडि सामाजिक कारणहरू हुन्छन् । दुर्घटनाको मुख्य कारण मध्ये एक सवारीसाधनको अवस्था हो । पुराना, मर्मत नभएका सवारीसाधनहरू दुर्घटनाका कारण बनिरहेका छन् ।सवारीसाधनको अवस्था पछाडिका केही सामाजिक कारण यी हुन सक्छन्— छिटो अकुत नाफाको खोजी
सवारी साधनको अवस्था लगानीकर्ताको आर्थिक हैसियतले निर्धारण गरिरहेको हुन्छ । प्रायः
सवारीसाधन धनीहरूले बैंक वा वित्तियसंस्थाको ऋणमा सवारी साधन ,किनेका हुन्छन् । उनीहरूलाई मासिक बुझाउनु पर्ने किस्ताले सँधै तनाव दिइरहेको हुन्छ । एकातर्फ गाडीबाट हुने आम्दानीले घर खर्च चलाउनु, छोराछोरीको शिक्षा, स्वास्थ्य आदिमा खर्च गर्नु र अर्कोतर्फ नियमित ठूलो राशीको किस्ता बुझाउनु । फेरि सवारीसाधन धनी हुनु भनेको समाजमा बेग्लै हैसियत हुनु हो । त्यो हैसियत बिना पैसा कायम रहन सक्दैन । यी आर्थिक दबाबले सवारीसाधन धनीलाई छिटो अकुत नाफा जम्मा गर्न बाध्य पार्दछ । उसले गाडीको नियमित मर्मतसम्भारमा पैसा खर्च गर्न कञ्जुस्याई गर्दछ । धेरै नाफाको लागि ट्राफिक नियम उल्लंघन गरिन्छ र रिस्कसँग खेल्न प्रोत्साहन गरिन्छ । जसको नतिजा सडक दुर्घटना बन्न पुग्छ ।
सडक निर्माणको टेण्डरदेखि लिएर इञ्जिनियरले स्वीकृति नदिदाँसम्म भ्रष्टाचार भइरहेको हुन्छ । यो संगठित भ्रष्टाचारका कारण हाम्रा सडकहरू गुणस्तरीय बन्न सकेका छैनन् । सडकका कारणले होइन कि संगठित भ्रष्टाचारका कारण दुर्घटनाहरू भइरहेको छन् ।
सिण्डिकेट
यातायातसँग सम्बन्धित विभिन्न व्यावसायिक समितिहरू छन् । ती समितिहरूका कैयन् सकारात्मक योगदान पनि छन् । तर ती समितिहरूले सिर्जना गरेको सिण्डिकेट र राज्यमाथिका अनावश्यक हस्तक्षेपहरूले दुर्घटना निम्ताउन जोड दिइरहेका छन् । जे सुके भए पनि समितिले अनेक उपायः लगाएर व्यहोर्ने परिपाटीले चालक र सवारीसाधन धनीलाई गैरजिम्मेवार गराएको छ । समयमा साधन मर्मत नगर्नुदेखि चालकहरूको लापरवाहीलाई जोड दिएको छ । कैयन् दुर्घटना चालकका लापरवाहीले भएका हुन्छन् तर त्यस्तो अवस्थामा पनि समिति चालकलाई जोगाउन लागिपरेको हुन्छ । जसले गर्दा लापरवाही गर्ने चालकलाई बल प्राप्त हुन्छ । सार्वजनिक यातायातमा सरकारी लगानी नहुँदा निजी क्षेत्रको एकलौटी जस्तो भएको छ । निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने अर्को तप्का नहुँदा आम उपभोक्ता यात्रुबारे ध्यान दिने परिपाटी नै छैन । जसले गर्दा एकातर्फ यात्रुहरूले दुःख खपिरहेका छन् भने अर्कोतर्फ गैरजिम्मेवार बन्न बल पुगिरहेकाे छ ।सडक
यातायातको अर्को पक्ष हो सडक । यो यातायातको माध्यम हो । सडकको अवस्था यातायातको मुख्य कारण पनि हो । सडकसँग सामाजिक कारणहरू जोडिएका हुन्छन् । सडकसँग जोडिएका सामाजिक पक्षहरू यस्ता हुनसक्छन्—
संगठित भ्रष्टाचार
सडक दुर्घटनाको मुख्य कारणहरू मध्ये एक सडकको अवस्था हो । नेपाली सडकका अवस्था निकै गम्भीर छन् । कैयन् सडकहरू निर्माणभएको वर्ष दिन नपुग्दै बिग्रन्छन् । सडकका खाल्डाखुल्डी, इञ्जिनियरिङ्गमा कमी, असंख्य घुम्टी जस्ता अनेक कारणहरूले सडक दुर्घटना निम्तिन्छन् । सडकको अवस्था बिग्रनु र निर्माण कमसल हुनुमा मुख्य कारण संगठित भ्रष्टाचार हो । सडक निर्माणको टेण्डरदेखि लिएर इञ्जिनियरले स्वीकृति नदिदाँसम्म भ्रष्टाचार भइरहेको हुन्छ । यो संगठित भ्रष्टाचारका कारण हाम्रा सडकहरू गुणस्तरीय बन्न सकेका छैनन् । सडकका कारणले होइन कि संगठित भ्रष्टाचारका कारण दुर्घटनाहरू भइरहेको छन् ।अति दोहन
सडक सार्वजनिक सम्पत्ति हो । तर नागरिक चेतनाको कमी भएको समाजमा सार्वजनिकसम्पत्तिको अधीक दोहनमात्र हुन्छ । सडक त्यस्तै भएको छ । निर्माण सामग्री सडकमै राखिन्छ, फुटपाथ पसल, गाईवस्तु राख्ने ठाउँ, केटाकेटीको खेल्ने स्थान आदि कैयन् उद्देश्यका लागि
सडकको दोहन गरिरहेको छ । आन्दोलन हुने ठाउँ पनि सडक नै हो । यालीहरू हुने ठाउँ पनि
सडक नै हो । केही रीस पोख्नु छ भने बन्द हुने पनि सडक नै हो । सडक सबैको साझा
सम्पत्ति त भएको छ तर केवल दोहन गर्नका लागि । सडक हाम्रो हो र सडक जोगाउनु पर्छ भन्ने नागरिक चेतनाको कमीको कारण पनि सडकको स्थिति बिग्रेको हो । संगठित भ्रष्टाचारका कारण कमसल बनेका सडकमै टायर बालिन्छन् र घरका छतका पानी सिधै खसालिन्छन् । अनि कसरी सडक गुणस्तरीय हुन्छ ? सडकको दोहन पनि दुर्घटनाको कारण हो।माथि उल्लेखित सामाजिक पक्षहरू केही उदाहरणमात्र हुन् । अन्य कैयन् सामाजिक पक्ष जोडिएका छन् सडक यातायातसँग । पैदल यात्रीको नागरिक चेतना, सडक निर्माण पछाडिको गाउँले मनोविज्ञान जस्ता कैयन् पक्ष पनि जोडएका छन् । सारमा भनौं, सडक यातायात केबल चालक, साधन र सडकसँग जोडिएको छैन । त्यससँग कैयन् सामाजिक पक्षहरू जोडिएका छन् । त्यसैले सडक दुर्घटनाको बहुआयामिक कारणहरूमाथि गहन बहसको जरुरी भइसकेको छ । होइन भने हाम्रो यात्रा सँधैभरी पशुपतिनाथले सुरक्षित गर्न सक्दैनन् ।
Comments
Post a Comment