विश्वव्यापीकरण साम्राज्यवादको विस्तार हो- ३



औपनिवेशिक संसारमा राजनीतिक स्वतन्त्रताको फैलावटले साम्राज्यवादी केन्द्रहरुलाई चुनौती सिर्जना गर्याे किनकी नेतृत्वदायी देशहरुको साम्राज्यवादी चरित्र र एकाधिकार पूँजीको विस्तारवादी अनिवार्यतामा कुनै फरक आएको थिएन । 

ह्यारी म्यागडफ
(ग्लोबलाइजेसनलाई नेपालीमा विश्वव्यापीकरण भन्ने चलन छ । भूमण्डलीकरण शब्द पनि समानार्थीको रुपमा प्रयोग गरिएको पाइन्छ । अहिले विश्वव्यापीकरण सामाजिक विज्ञानका हरेकजसो शाखाहरुमा चर्चा र चासोको विषय बनेको छ । विश्वव्यापीकरणलाई विभिन्न कोण र आयामबाट विश्लेषण गरिएको पाइन्छ । विश्वव्यापीकरणका अनेकन् विश्लेषकमध्ये ह्यारी म्यागडफ पनि एक हुन् । साम्राज्यवादलाई आर्थिक कोणबाट विश्लेषण गरेर संसारभर ख्याती कमाएका म्यागडफमन्थली रिभ्युका पूर्व सहसम्पादक थिए । उनले Imperialism: From the Colonial Age to The Present’ नामक पुस्तकमा साम्राज्यवादको शुरुविकास र विस्तारबारे विस्तृतमा विश्लेषण गरेका छन् । सोही पुस्तकमा संग्रहीत Imperialism: A Historical Survey  नामक निबन्धमा म्यागडफले विश्वव्यापीकरणलाई साम्राज्यवादकै विस्तारको रुपमाव्याख्या गरेका छन् । उनको निबन्धमा आधारित रहेर रामचन्द्र श्रेष्ठले तयार पारेको यो अध्ययन टिपोट यहाँ प्रस्तुत छ । यो टिपोट तीन भागमा प्रकाशन गरिनेछ ।)

पाँचाै चरणः  साम्राज्यवादी विश्वको खुम्च्याई शुरु 
(दुई विश्वयुद्धको मध्यमा)

पहिलो विश्वयुद्धपछि उपनिवेशहरुमा व्यापक हेरफेर भयो । संयुक्त राज्य अमेरिकाले बेलायतको वर्चश्वलाई समाप्त पा¥यो र विश्व शक्तिको रुपमा उदायो । फलस्वरुप संमुद्रमाथिको बेलायतको वर्चश्व घट्यो जसले गर्दा क्यानडा र अष्ट्रेलियामाथि अमेरिकी प्रभाव फैलियो । युद्धको समयमा बेलायतको अर्थतन्त्र कमजोर हुँदै गयो भने अमेरिकाको बलियो बन्दै गयो । अमेरिकाले पूँजी बजारमा नेतृत्व लियो, अन्तर्राष्ट्रिय बैंकिङ र लगानीमा वृद्धि ग¥यो । त्यस्तै संसारको तेल भण्डारमाथि बेलायतसँग प्रतिस्पर्धा ग¥यो । युद्धको अगाडिदेखि नै ल्याटिन अमेरिका, विशेष गरी मध्य अमेरिकामा संयक्त राज्य अमेरिकाले प्रभाव बढाउँदै लग्यो । सैन्य आक्रमण समेतले क्युवा, डोमिनिक रिपब्लिक, पनामा, निकारागुवा र हैटीमा थि अमेरिकाले संरक्षकत्वको भूमिका स्थापित गर्याे ।

अर्कोतर्फ सन् १९१७मा रुसमा भएको कम्युनिष्ट क्रान्तिले विश्वको छ भागमध्ये एक भागमा यस्तो व्यवस्था कायम ग¥यो जहाँ देश जन्मजात साम्राज्यवाद विरोधी थियो, जार सरकारले कब्जा जमाएको विदेशी जमिनलाई मुक्त गरियो र जारकालिन साम्राज्य विस्तारका षड्यन्त्रहरु जनतामाझ शंखघोष गरियो । उपनिवेशका जनताका लागि रुसी क्रान्ति नयाँ दिनहरुको उद्घाटन थियो । यसले आम मानिसमा जनता विद्रोह गर्न सक्षम छन् र देशलाई पूर्णतया नयाँ बाटोमा लैजान सकिन्छ भन्ने पुष्टि गरिदियो । सन् १९२३मा केही नाटकीय ढंगले दक्षिणी आयरल्याण्ड स्वतन्त्र भई स्वतन्त्र आइरिश राज्यको निर्माण उपनिवेशहरुलाई शिक्षा ठहरियो  ।

अन्तरयुद्धको अवधि उपनिवेशहरुमा देशभक्ति भावनाको खोजीले चित्रित छ । धेरै क्षेत्रहरुमा यसले सक्रिय विद्रोहको विकास गरायो भने अर्कोतर्फ विभिन्न प्रकारको सैन्य, राजनीतिक र ट्रेड–युनियन संघर्षहरु चर्किए । यी सबैको एउटै उद्देश्य विदशी शासनबाट मुक्ति थियो । तर यसले विस्तारको अर्को तरंग सृजना गर्यो, दोस्रो विश्व युद्ध निम्त्यायो र उपनिवेशहरुले स्वतन्त्रता हासिल गर्नु अगाडि कैयौं स्वतन्त्रता संग्रामहरु भयो ।
विश्वमा संयुक्त राज्य प्रभाव बाहेक सन् १९३० तिरको ठूलो आर्थिक संकटतिर एउटा नयाँ विस्तारवादी शक्तिको उदय भयो । जसले दोस्रो विश्वयुद्धलाई जन्मायो । सन् १९३१मा मञ्चुरियामाथि जापानले विजय प्राप्त ग¥यो र त्यस क्षेत्र हडप्न थाल्यो जसले गर्दा बाँकी चीनमाथिको आधिपत्यको लागि सन् १९३७बाट युद्ध शुरु भयो । इटालीले उत्तरपूर्वी अफ्रिकामा आफ्नो साम्राज्य फैलायो र सन् १९३६मा इथियोपिया कब्जा गर्यो । जर्मनीमा नाजीको उदय भयो । नाजीको उद्देश्य मध्य र पूर्वी युरोपमा साम्राज्य विस्तार गर्ने थियो । यिनै टकरावहरुको कारणले दोस्रो विश्व युद्ध शुरु भयो ।

छैटाैं चरणः गैरउपनिवेशिकरण र बहुराष्ट्रिय कम्पनीहरुको उदय 
(दोस्रो विश्वयद्धपछि)

दोस्रो विश्वयुद्ध पछि साम्राज्यवादी तथा विस्तारवादी व्यवस्था खुम्चिन थाल्यो । समाजवादी देशहरुको संख्यात्मक वृद्धि र पुराना उपनिवेशहरुको राजनीतिक स्वतन्त्रताका कारणले पनि साम्राज्यवादी व्यवस्था खुम्चिन थालेको थियो । विश्व युद्ध पछि उपनिवेशहरुको अन्त्यको ज्वारभाटा बढ्नुमा तीन तत्वले काम गरेका थिएः—
१) विश्व शक्तिमा पुनर्गठन—संयुक्त राज्य अमेरिका र सोभियत संघको नेतृत्वमा उदय ।
२) टाढा–टाढासम्म फैलिएको साम्राज्य अठ्याइराख्ने पुराना उपनिवेशवादी देशहरुको खस्कदो क्षमता ।
३) स्वतन्त्रता आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनहरु वैदेशिक शासन हटाउन सक्नेगरि बलियो हुँदै जानु ।
युद्धपछि एसियामा जापानी आधिपत्य विरुद्ध प्रतिरोध आन्दोलनहरु बढ्दै गए । एसिया बाहेक अन्य महादेशहरुमा पनि एक पछि अर्को उपनिवेशहरुमा युरोपेली देशहले पहिलाजस्तो उपनिवेशहरुमा कब्जा जमाइराख्न सकेनन् ।

युद्धको अन्त्यसँगै संयुक्त राज्य अमेरिका एक्लो शक्तिको रुपमा उदायो । तर उसले निम्न स्थिति सामना गर्न बाध्य भयोः—
१) सोभियत संघविरुद्धको संघर्षमा पश्चिमी राष्ट्रहरुको पुनः एकता
२) संरा अमेरिकाको लगानी र व्यापारको ढोका रोक्ने हरेक सामाजिक क्रान्तिको प्रतिरोध
३) आफ्ना सहयात्रीहरुको पूर्ववत् वर्चश्व रहको क्षेत्रहरुमा आफ्नो प्रभावको विस्तार
४) सोभियत संघको प्रभाव न्युन गर्ने संभावनामा उपनिवेशविरोधी स्वतन्त्रता आन्दोलनलाई सहयोग गर्नु ।

बिना रक्तपात र छिटो नै स्वतन्त्रता प्राप्तिको लागि उपनिवेशवादी देशहरु र संरा अमेरिका नै तयार भए किनकी आर्थिक र राजनीतिक क्षेत्रमा फेरि पनि शक्ति थुपार्न सकिने सम्भावना थियो । गहिरो र लामो संघर्षले स्वतन्त्रता आन्दोलनलाई देशभक्ति मात्र होइन क्रान्तिकारी पनि बनाउँथ्यो जसको परिणाम हुन्थ्यो— विदेशी लगानी जफ्त गरिनु, उपनिवेशवादी देशसँगको आर्थिक सम्बन्ध टोढिनु र समाजवादी खेमामा संग्लग्न हुनु ।

औपनिवेशिक संसारमा राजनीतिक स्वतन्त्रताको फैलावटले साम्राज्यवादी केन्द्रहरुलाई चुनौती सिर्जना गर्याे किनकी नेतृत्वदायी देशहरुको साम्राज्यवादी चरित्र र एकाधिकार पूँजीको विस्तारवादी अनिवार्यतामा कुनै फरक आएको थिएन । मुख्य चुनौती नै औपनिवेशिक संसारलाई अप्रत्यक्ष साम्राज्यमा राखिराख्नु थियो, किनकी परिधिका देशहरुको प्राकृतिक स्रोतहरुको शोषण र लगानीका अवसरहरु कायम नै रहुन् । उपनिवेशहरुको अवधारणाले यी उद्देश्यलाई झनै आवश्यक बनायो । प्रकारान्तरले अप्रत्यक्ष साम्राज्यको मद्दतले गुमेका उपनिवेशहरुमा नवउपनिवेश कायम गर्ने तरिका अपनाइयो ।

आर्थिक सहायताको उपायले परिधिका देशहरुमा पुन प्रभुत्व कायम हुन थाल्यो । नव–निर्मित अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमार्फत ऋण प्रभाव गर्दै प्रभुत्वको वातावरण निर्माण गरियो । यी सबैको पछाडि पूर्व–उपनिवेशहरुका राजनीतिक र वर्ग–संघर्षहरुमा संरा अमेरिका र अन्य शक्तिहरुको प्रत्यक्ष र अप्रत्यक्ष हस्तक्षेपहरुले मद्दत गरेका थियो । त्यसैगरी, विश्वभर सैन्य अखडाको जालो फैलाएर, उच्चतम हवाइ सेना निर्माण गरेर तथा नौसेनाको प्रभावले अन्य उपनिवेशवादी देशको प्रतिरोधलाई संरा अमेरिकाले आफ्नो वशमा पारिराख्यो ।

वास्तवमा, दोस्रो विश्वयुद्धको समापनसँगै परिधिका देशहरुमा विकसित पूँजीवादी देशहरुको आर्थिक हस्तक्षेपको आवश्यकता बढ्दै थियो । बहुराष्ट्रिय कम्पनीहरुको फैलावटका नयाँ उपयुक्त तरिका बने । अन्तर युद्धकालिन समयमा महामन्दले कार्टेलिड्ड र तस्करीका कारण वैदेशिक लगानी घटेको थियो । विश्वयुद्धको समयमा कैयौं कार्टेहरु ध्वस्त पारिए । उपनिवेशको अन्त्यले व्यापार र लगानिको प्रतिस्पर्धालाई अवसर सृजिना ग¥यो । विश्वभर संरा अमेरिकी सैन्य अखडाको सञ्जालले वैदेशिक लगानीकर्ताहरुलाई आफ्नो वैदेशिक लगानीको सुरक्षामा ढुक्क बनायो ।

पहिलेको वैदेशिक लगानी कुनै अन्तर्राष्ट्रिय कम्पनीको दुई वा चार शाखामा सीमित थियो । तर, बहुराष्ट्रिय कम्पनको लगानी बीस वा त्यो भन्दा धेरै देशमा फैलियो । स.रा. अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुको तीव्र वृद्धि र फैलावटले अन्य महानगरहरुम प्रतिस्पर्धा र उद्योगहरुको चापलाई बढायो । जसले गर्दा पश्चिम युरोपेली र जापानी बहुराष्ट्रिय कम्पनीहरुको पनि उदय भयो । यी बहुराष्ट्रिय कम्पनीहरु भर्खरै स्वतन्त्र भएका र परिधिका पुराना दुवैथरी देशहरुको लागि पूँजी र प्रविधिको स्रोत बने । बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो फाइदाको लागि मात्र लगानी गर्ने भएकाले तिनीहरुले महानगरहरु र पूर्व–उपनिवेशहरु बीचको आर्थिक सम्बन्ध सबल बनाउने काम गरे । बहुराष्ट्रिय बैंकहरुको सञ्जालले यी सम्बन्ध अझै गहिरा बन्दै गए । बैंकहरुका सञ्जालले वैदेशिक लगानी र व्यापारलाई वित्तीय सहयोग प्रदान गरे भने परिधिका देशका वित्त बजारलाई सक्रिय पारे ।

यी सबै परिवर्तनमा संरा अमेरिकाले निर्णायक भूमिका खेल्यो । युद्धपछिका दुई दशकमा साम्राज्यवादी प्रणालीमा संरा अमेरिकी प्रभुत्व एकछत्र कायम रह्यो । अन्तर्राष्ट्रिय वित्त व्यवस्थाको मुटुको रुपमा न्यूयोर्क सहरलाई लिइयो जुन पूँजीवादी विश्वबजारको रुपमा चिनियो । अन्तर्राष्ट्रिय मुद्रा प्रणालीलाई डलरले निर्धारण गर्यो र अघिल्ला शताब्दीको बेलायत जस्तै संरा अमेरिका सबैभन्दा ठूलो उत्पादक र वैदेशिक व्यापारी बन्यो ।

सन् १९६०को दशकको अन्त्यतिर पूँजीवादी तहगत संरचनामा उल्लेखनीय परिवर्तन देखाप¥यो । एकातर्फ विश्व स्तरमा सैन्य अखडाको खर्चा, बढ्दो आर्थिक र सैन्य सहयोग, अन्तर्राष्ट्रिय लागनीका लागि अनुदान र भियतनमा युद्धमा भारी मात्राको खर्चले असीमित भार सृजना ग¥यो साथै विदेशमा डलरमाथिको भार बढ्न थाल्यो । त्यसैले सन् १९७०को दशकको शुरुतिर डलरको अवमुल्यन हुनथाल्यो र अन्तर्राष्ट्रिय मुल्य घट्न थाल्यो । अर्कोतर्फ, तीव्र गतिले वृद्धि भइरहेको पश्चिमी युरोप र जापानको अर्थतन्त्रले संरा अमेकिराले नेतृत्व गरिरहेको व्यापार र उत्पादनमा भारी कटौती गरिदिए । तथापि यी घटनाहरुले संरा अमेरिकाको नेतृत्वलाई हटाएन बरु संरा अमेरिकी प्रभुत्वलाई चुनौती थोप¥यो । जसकारण संरा अमेरिकी नीति र योजनामा परिवर्तन गर्न बाध्य पा¥यो । सन् १९७०को दशकका घटनाहरुले नयाँ आर्थिक संकटको संभावना देखाएको छ । संभवत संरा अमेरिकी नेतृत्वमा रहेका साम्राज्यवादी शक्तिहरुको गठबन्धनलाई चुनौती दिने नयाँ प्रतिस्पर्धी व्यापारिक र मौद्रिक समूह देखापर्नेछन् ।
(समाप्त)


(यो लेखको दाेस्राे भाग यहाँ छ।)
(यो लेखको पहिलो भाग यहाँ छ।)


Comments