ह्याच्चीकोले भने उनलाई पर्खिरह्यो । अबेर साँझसम्म । रातभरि । अर्को दिन । अर्को दिन===अर्को दिन===फेरि अर्को दिन===पुरै दश वर्षसम्म । मृत्युले उसलाई नरोजेसम्म ।
रामचन्द्र श्रेष्ठ
‘तिमीहरू सबै मावल आएपछि घरमा अजा अजी त एक्लै हुनुभयो होला है’
जाडो बिदामा हामी दुई भाई र मम्मी मावल गएको बेलामा मावलमा यसरी माइजु, अजीले प्रश्न सोध्नुहुन्थ्यो । त्यो हाम्रो उत्तर दिने क्षमताको जाँच पनि थियो होला । हामी भने सरल जवाफ दिन्थ्यौ ।
‘अजा, अजी एक्लै हुनुहुन्न । हाकु छ नि त ।’
हो त हाकु सँधै घरमा त हुन्थ्यो । हाकु अर्थात् हाम्रो घरको प्यारो कुकुर । नेवारीमा कालेलाई हाकु भनिन्छ । त्यो नाम अनुसारकै निख्खर कालो रंगको थियो । अग्लो, मोटो हेर्दै आक्रामक जस्तो हाकु भुक्दा वरीपरीको वातावरण थर्किन्थ्यो । जो कोहीको सातो लिन सिपालु थियो ।
घर स्कुल नजिकै थियो । स्कुल जाने केटाकेटीलाई हाकुले तर्साउथ्यो । तर हाकु त्यस्तो बदमास भने थिएन । त्योसँग परिचित भएपछि केटाकेटीसँग खेल्थ्यो । त्यो हामीसँगै स्कुल जान्थ्यो ।
हाकु घरमा आउँदा निकै सानो थियो । उसका आँखा पनि खुलेका थिएनन् भन्दा हुन्छ । घरमा दुध र मोही खाएरै हुर्कियो । हामी पनि त सानै थियौ । उसो त हाकुको याद पनि निकै धुमिल छ । मान्छे ठूलो हुँदै गएपछि दिनहरू बिर्सदै जान्छ । विस्मृतिका गर्तमा विगतहरू पुरिन थाल्छन् । तर केही यस्ता हुन्छन् जो धुमिल नै सही मनको गहिराईमा टाँसिरहन्छन् । हाकुको धुमिल तस्वीर मेरो मनमा अझै छ । त्यो हामीसँगै ठूलो भयो । खासमा त्यो हामीभन्दा ढिलो जन्मेर पनि छिट्टै ठूलो भयो । त्यो हाम्रो साथी भयो । हामीसँगै खेल्यो । ठूलो भएपछि त्यसले बारीमा आउने बाँदर लखेट्न थाल्यो । तर त्यसको एउटै नजाती बानी थियो । घरमा आउने नयाँ मान्छेलाई अनावश्यक भुक्थ्यो । त्यसले टोकेको त याद छैन तर त्यसको भुकाई नै यति चर्को थियो कि कमजोर मुटु त हल्लाइदिन्थ्यो । शायद यहीं भुकाई नै उसको दोष बन्यो । एकदिन कसैले विष राखिदिएर उसको हत्या गरे । अनि हामी रोयौ । हाम्रो बालमन रुवाउने ती अपराधी को होलान् कुन्नि Û

मान्छेको बथानमा शिकार खाएर बाँकी रहेका हाडहरू खान ब्वाँसोको झुण्डहरू आउँथे । त्यसरी आउने ब्वाँसोको झुण्डहरू मध्ये कम आक्रामक प्रजातिलाई मान्छेले घरेलुकरण गरेको अनुमान गरिन्छ ।
हाकु घरमा आउँदा निकै सानो थियो । उसका आँखा पनि खुलेका थिएनन् भन्दा हुन्छ । घरमा दुध र मोही खाएरै हुर्कियो । हामी पनि त सानै थियौ । उसो त हाकुको याद पनि निकै धुमिल छ । मान्छे ठूलो हुँदै गएपछि दिनहरू बिर्सदै जान्छ । विस्मृतिका गर्तमा विगतहरू पुरिन थाल्छन् । तर केही यस्ता हुन्छन् जो धुमिल नै सही मनको गहिराईमा टाँसिरहन्छन् । हाकुको धुमिल तस्वीर मेरो मनमा अझै छ । त्यो हामीसँगै ठूलो भयो । खासमा त्यो हामीभन्दा ढिलो जन्मेर पनि छिट्टै ठूलो भयो । त्यो हाम्रो साथी भयो । हामीसँगै खेल्यो । ठूलो भएपछि त्यसले बारीमा आउने बाँदर लखेट्न थाल्यो । तर त्यसको एउटै नजाती बानी थियो । घरमा आउने नयाँ मान्छेलाई अनावश्यक भुक्थ्यो । त्यसले टोकेको त याद छैन तर त्यसको भुकाई नै यति चर्को थियो कि कमजोर मुटु त हल्लाइदिन्थ्यो । शायद यहीं भुकाई नै उसको दोष बन्यो । एकदिन कसैले विष राखिदिएर उसको हत्या गरे । अनि हामी रोयौ । हाम्रो बालमन रुवाउने ती अपराधी को होलान् कुन्नि Û
शिकारी युगदेखिकाे साथी
मान्छे जातिको सबैभन्दा पुरानो साथी कुकुर नै हो ।
मानवशास्त्रीहरूले खोज गर्दा लगभग पन्ध्र हजार वर्ष पहिले कुकुर मान्छेको साथी बनेको अनुमान गरेका छन् । जर्मनीमा प्राप्त चौध हजार वर्ष पुरानो जीवाशेष नै अहिलेसम्म भेटिएको कुकुरको सबैभन्दा पुरानो जीवाशेष हो । त्यस्तै उत्तरी इजरायलमा फेला परेको एउटी महिलाको अवशेषसँगैको कुकुरको अवशेष पनि बाह्र हजार वर्ष पुरानो हो । यसले कुकुर मान्छेको साथी बनेको लगभग पन्ध्र हजार वर्ष पहिले रहेको संकेत गर्छ ।
खासमा कुकुर ब्वाँसोको एउटा प्रजाति थियो । ब्वाँसोको घरेलुकरणबाट कुकुर बनेको हो । एकथरी वैज्ञानिकहरूको अनुमान छ— मान्छेले शिकारी युगमा ठूला जनावरहरूको सट्टा स–साना जनावरहरूको शिकार गर्न थालेपछि कुकुर आवश्यक पर्यो । मान्छेको बथानमा शिकार खाएर बाँकी रहेका हाडहरू खान ब्वाँसोको झुण्डहरू आउँथे । त्यसरी आउने ब्वाँसोको झुण्डहरू मध्ये कम आक्रामक प्रजातिलाई मान्छेले घरेलुकरण गरेको अनुमान गरिन्छ । ती ब्वाँसोहरू खरायो जस्ता साना जीवहरूको चाल थाहा पाएर शिकार गर्न मान्छेलाई मद्दत गर्थे । आज पनि शिकारी मानव समुदायले कुकुरलाई प्रयोग गर्छ ।
संसारका लगभग सबै कुकुरहरू यस्तै बफादार हुन्छन् । त्यसैले त हामीले मान्छेको बस्तीभन्दा बाहिर कुकुरलाई भेट्टाउँदैनौ ।
तर, केही वैज्ञानिकहरू ब्वाँसो प्रजाति आफै घरेलुकरण भएको अनुमान गर्छन् । मान्छेको बथानमा खाएर बाँकी रहने हाडहरू खान आउने ब्वाँसो आफै मान्छेको वरीपरी बस्दै घरेलुकरण भएको अनुमान गर्छन् । जे होस् मान्छे र कुकुरको मित्रता आजको होइन । कम्तीमा पन्ध्र हजार वर्ष पुरानो नाता हो यो ।
ह्याच्चीकाे पर्खिरहेछ
‘ह्याच्चीको अ डग स्टोरी’ ।
संयोगले यस्तो गज्जबको फिल्म हेर्न पुगियो । यो त्यो कुकुरको कथा हो जसले सन् १९२५मा आफ्नो मालिक प्रोफेसरको मृत्युपछि उनलाई दश वर्ष कुरिरहन्छ । उसको मालिकले उसलाई एयरपोर्टमा भेट्टाएका थिए । कसैले त्यो सानो कुकुरलाई लिएर कतै जाँदै थियो तर त्यो एयरपोर्टमा छुट्यो र अलपत्र भयो ।
अचिनारु ठाउँमा यताउता भौतारिरहेको त्यो विचरो छाउरोलाई त्यो प्रोफेसरले दया गरे र घर ल्याए । त्यसको मालिक पत्ता लगाउन सूचना पनि जारी गरे । तर कोही दाबी गर्न नआएपछि पाल्न थाले । त्यो यति प्यारो र बफादार थियो उनलाई हरेक दिन कलेज जाने बेलामा रेल स्टेशनसम्म पुर्याउन आउँथ्यो र बेलुकासम्म त्यहीं पर्खन्थ्यो । बेलुका प्रोफेसरसँगै घर फर्कन्थ्यो ।
तर एकदिन प्रोफेसर कलेजमै हार्ट अट्याक भएर मरे । ह्याच्चीकोले भने उनलाई पर्खिरह्यो । अबेर साँझसम्म । रातभरि । अर्को दिन । अर्को दिन===अर्को दिन===फेरि अर्को दिन===पुरै दश वर्षसम्म । मृत्युले उसलाई नरोजेसम्म । घरका मान्छेहरूले उसलाई फकाउन आए । घर लिएर गए । तर त्यो भागेर फेरि त्यहीं आएर कुरिरह्यो । कुरिरह्यो । आखिर प्रतिक्षा कति निर्मम हुँदोरहेछ ।
आज पनि जापानको सिबुया रेल स्टेशन अगाडि ह्याच्चीको पर्खिरहेको छ । मृत्युपछि उसको सम्झनामा शालिक बनाइएको छ । बफादारीको यो उच्चतम नमुनालाई जापानले सम्मान गरेको छ ।
कुकुरको बफादारीबारे अनेकन फिल्महरू बनाइएका छन् । नेपालीमा ‘साथी’ यस्तै फिल्म हो । त्यस्तै ‘चिल्लर पार्टी’ बालबालिका र कुकुरप्रेमबारे राजनीतिक कलेवरको फिल्म हो । यस्ता अनेकौं फिल्म छ । त्यस्तै उपन्यासहरूमा पनि कुकुरले स्थान पाएको छ । लैनसिङ वांग्देलको चर्चित उपन्यास ‘लंगडाको साथी’ मर्मस्पर्शी कुकुरकै कथा हो ।
संसारका लगभग सबै कुकुरहरू यस्तै बफादार हुन्छन् । त्यसैले त हामीले मान्छेको बस्तीभन्दा बाहिर कुकुरलाई भेट्टाउँदैनौ । शिकारी युगमा शिकार खेल्न, पशुपालन शुरु भएपछि बाख्रा, भेडा लगायतको सुरक्षा गर्न, घर र समाजको सुरक्षाको लागि, सेना प्रहरीमा अपराधीदेखि बम पत्ता लगाउनदेखि बजारले एक्लो बनाउँदै गएको आजको व्यस्त जिन्दगीमा माया साटफेर गर्न कुकुर हमेशा मान्छेको वरीपरी नै छ । साइबेरियामा कुकुरको प्रयोग गरेर सामान तान्ने गाडा बनाइएको छ ।
उसो त कुकुर अब वर्गीय पहिचान पनि बन्दो छ । घरमा कुन जातको कुकुर भन्नेले शान शौकत निर्माण गरेको छ । संसारमा अहिले चार सय प्रजातिका कुकुर छन् । ती मध्ये केही असाध्यै महंगा जातका मानिन्छन् । तिनलाई पाल्नु नै शान मान्ने पनि गरिन्छ ।

ह्याचिकाे शालिक फाेटाेः गुगल |

उसाे त कुकुर अब वर्गीय पहिचान पनि बन्दाे छ । घरमा कुन जातकाे कुकुर भन्नेले शान शाैकत निर्माण गरेकाे छ ।
संसारका लगभग सबै कुकुरहरू यस्तै बफादार हुन्छन् । त्यसैले त हामीले मान्छेको बस्तीभन्दा बाहिर कुकुरलाई भेट्टाउँदैनौ । शिकारी युगमा शिकार खेल्न, पशुपालन शुरु भएपछि बाख्रा, भेडा लगायतको सुरक्षा गर्न, घर र समाजको सुरक्षाको लागि, सेना प्रहरीमा अपराधीदेखि बम पत्ता लगाउनदेखि बजारले एक्लो बनाउँदै गएको आजको व्यस्त जिन्दगीमा माया साटफेर गर्न कुकुर हमेशा मान्छेको वरीपरी नै छ । साइबेरियामा कुकुरको प्रयोग गरेर सामान तान्ने गाडा बनाइएको छ ।
उसो त कुकुर अब वर्गीय पहिचान पनि बन्दो छ । घरमा कुन जातको कुकुर भन्नेले शान शौकत निर्माण गरेको छ । संसारमा अहिले चार सय प्रजातिका कुकुर छन् । ती मध्ये केही असाध्यै महंगा जातका मानिन्छन् । तिनलाई पाल्नु नै शान मान्ने पनि गरिन्छ ।
जस्सी मलाई पर्खिरहन्छ
लगभग आठ वर्ष पहिले । वैशाखको अन्तिम ताता दिनहरू । राती करीब दश बजेतिर भाई घरतिर आउँदै थियो । एउटा सानो सानो कालो–सेतो रंग मिसिएको कुकुर पछि लाग्यो । आफ्नो बाक्लो पुच्छर हल्लाउँदै उसले पच्छायो । भाईले उसलाई गाली ग¥यो । भगाउन खोज्यो । घरभित्र छिरेर गेट लगायो । तर त्यो कुकुर बाहिर कुइँकुई गर्न थाल्यो ।
त्यतिबेला हामी कुकुर पाल्ने मनसायमा थिएनौ । त्यसैले शुरुमा वास्तै गरेनौ । लखेट्न खोज्यौं । तर त्यो बाहिर शरण मागेर रोइरह्यो । मनले मानेन । दया लाग्यो र गेट खोल्यौ । त्यो आयो । त्यसको शरीरमा घाउ थियो । केही ब्रेडका टुक्रा खान दियौ । भोकाएको रहेछ खायो । कचौरामा पानी दियौ पियो । बान्ने डोरी पनि थिएन । यत्तिकै पल्टियो । लागेको थियो भोली कोही यसको मालिक खोज्दै आउँला । तर कोही आएन । केनल क्लबमा लगेर सुईं लगाइदियौ । घाउको उपचार गरायौं र सूचना छाड्यौ । तर कोही पनि खोज्न आएन ।
पाल्ने सोच थिएन । तर यसले हाम्रो मन जित्यो । पुलिङ्गी भएपनि बहिनीले यसको नाम जस्सी राखिदिई । यो विस्तारै घरको सदस्य भयो । सँगै बाहिर हिंड्ने भयो । बिहान–साँझ डुल्न छाड्थ्यौ । टोलका केटाकेटीले खेलाउन थाले । त्यसपछि त अचम्मै भयो । पहिला खासै नचिन्ने केटाकेटीले पनि ‘जस्सीको दाई’, ‘जस्सीको अंकल’ भनेर पो चिन्न थाले । अचम्मैसँग कुकुर समुदायमा सम्बन्ध बढाउने माध्यम पो बन्यो ।
जस्सी सानो बनोटको छ । ठूला कुकुरसँग डराउँछ । बिहान साँझ डुल्ने क्रममा एकदिन यसलाई कुनै ठूलै कुकुरले वा कुकुरको हुलले झम्टिएछन् । यसलाई टोकेछन् र घाउ बनाएछन् । रगतले लत्पतिएर घरको पेटीमा आएर पल्टियो । केनल क्लब लगेर बेहोस हुने सुई लगाएर चारवटा टाँका लगाइयो । रेबिज र अन्य संक्रमणका सुई त नियमित नै थियो । घरमा ल्याएको करीब चार घण्टापछि कुकुर होसमा आयो । जसै टोलमा थाहा भयो उसलाई भेट्न एक हुल केटाकेटी घर आए । अचम्म Û बिरामी कुकुरलाई भेट्न केटाकेटीको हुल Û अहिले जस्सी हरेक साँझ मलाई कुरिरहेको हुन्छ । गेटमा हेर्दै कुरिरहन्छ । कुकुर घरमा हुनुभनेको एक्लोपनको समाप्ती हुनु पनि हो रहेछ ।
यमपञ्चकको दोस्रो दिन कुकुरको पुजा गरिन्छ । कुकुरलाई भैरवको दुत मान्ने गरिन्छ । संसारका जुनसुकै पुराना धर्महरूका कुकुर जोडिएको छ । ग्रीक मिथकमा सर्बरस नामक बहुशीर भएको कुकुरको चर्चा छ जो मृत्युभूमि ‘पाताल’को ढोकामा रक्षक छ । जसरी यमलोकको द्वारपाले पनि कुकुरलाई नै लिइन्छ ।
२०७६ कार्तिक ९, शनिबार, लुम्बिनी दैनिक, पाहुरबाट सामान्य सम्पादन सहित साभार

कुकुर घरमा हुनुभनेको एक्लोपनको समाप्ती हुनु पनि हो रहेछ ।
पाल्ने सोच थिएन । तर यसले हाम्रो मन जित्यो । पुलिङ्गी भएपनि बहिनीले यसको नाम जस्सी राखिदिई । यो विस्तारै घरको सदस्य भयो । सँगै बाहिर हिंड्ने भयो । बिहान–साँझ डुल्न छाड्थ्यौ । टोलका केटाकेटीले खेलाउन थाले । त्यसपछि त अचम्मै भयो । पहिला खासै नचिन्ने केटाकेटीले पनि ‘जस्सीको दाई’, ‘जस्सीको अंकल’ भनेर पो चिन्न थाले । अचम्मैसँग कुकुर समुदायमा सम्बन्ध बढाउने माध्यम पो बन्यो ।
टाेलका केटाकेटी जस्सीसँग रमाउँदै |
जस्सी सानो बनोटको छ । ठूला कुकुरसँग डराउँछ । बिहान साँझ डुल्ने क्रममा एकदिन यसलाई कुनै ठूलै कुकुरले वा कुकुरको हुलले झम्टिएछन् । यसलाई टोकेछन् र घाउ बनाएछन् । रगतले लत्पतिएर घरको पेटीमा आएर पल्टियो । केनल क्लब लगेर बेहोस हुने सुई लगाएर चारवटा टाँका लगाइयो । रेबिज र अन्य संक्रमणका सुई त नियमित नै थियो । घरमा ल्याएको करीब चार घण्टापछि कुकुर होसमा आयो । जसै टोलमा थाहा भयो उसलाई भेट्न एक हुल केटाकेटी घर आए । अचम्म Û बिरामी कुकुरलाई भेट्न केटाकेटीको हुल Û अहिले जस्सी हरेक साँझ मलाई कुरिरहेको हुन्छ । गेटमा हेर्दै कुरिरहन्छ । कुकुर घरमा हुनुभनेको एक्लोपनको समाप्ती हुनु पनि हो रहेछ ।
यमपञ्चकको दोस्रो दिन कुकुरको पुजा गरिन्छ । कुकुरलाई भैरवको दुत मान्ने गरिन्छ । संसारका जुनसुकै पुराना धर्महरूका कुकुर जोडिएको छ । ग्रीक मिथकमा सर्बरस नामक बहुशीर भएको कुकुरको चर्चा छ जो मृत्युभूमि ‘पाताल’को ढोकामा रक्षक छ । जसरी यमलोकको द्वारपाले पनि कुकुरलाई नै लिइन्छ ।
२०७६ कार्तिक ९, शनिबार, लुम्बिनी दैनिक, पाहुरबाट सामान्य सम्पादन सहित साभार
Comments
Post a Comment